धेरै सम्भोग गरेर मात्र हुँदैन गर्भधारण

What's This?


Download our app to get more features

प्राय जसो व्यक्तिहरु धेरै संभोग गर्नुले गर्भधारणको संभावना बढ्ने कुरा सोच्दछन् । यो एकदमै तर्कहिन कुरा हो । तपाईँ प्रतिदिन १० पटक भन्दा बढी पनि यौन सम्पर्क गर्नुहोस् यदि उक्त समय डिम्बोत्सर्जनको समय हैन भने गर्भ बस्दैन । 

न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिन (एनईजेएम) ले गरेको अध्ययनको निष्कर्षमा बताईएको छ कि एकै दिन धेरै पटक शारीरिक सम्पर्क राख्नु भन्दा दैनिक एक पटक यौन सम्पर्क गर्नुले सन्तान हुने सम्भावना ज्यादा हुन्छ । यदि तपाईँ तनाबमा हुनुहुन्छ र योजना बनाएर यौनसम्पर्क राख्नुहुन्छ भने त्यसले पनि सन्तान हुने सम्भावनालाई सामान्य भन्दा कम बनाइदिन्छ । 

हावार्ड मेडिकल स्कुलको अध्ययन

प्रजनन् समस्याबाट पीडित महिलाहरुमाथी गरिएको अध्ययनमा जो महिलालाई शान्त रहने तरीकाको १० हप्ता लामो तालिम दिइयो ती मध्य २० प्रतिशत महिला पहिलो बर्षमा नै गर्भवती भए ।

डिम्बोत्सर्जन भन्दा थोरै समय अगाडीबाट दैनिक यौन सम्पर्क राख्नुभयो भने गर्भधारणको संभावना बढ्छ । धेरै यौन सम्पर्क गर्नुभन्दा शान्त र खुसी मन बनाएर संभोग गर्नु आवाश्यक हुन्छ । यौन सम्पर्क पश्चात तुरुन्त उठ्नु भन्दा पनि केही समय सुतेर आराम गर्नु पर्दछ ।  

Last modified on 2016-07-30 17:52:33

1 Comments

  1. dinesh+bipana samashya testai ho.santan nabhayako samashya ho. khi janakari paun..........?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts