कान्तिपुर डेन्टलद्वारा ३९६ जनाको निशुल्क दन्त परीक्षण

What's This?


Download our app to get more features

काठमाण्डौ, १५ साउन । राजधानीको बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले निशुल्क दन्त शिविरमार्फत ३ सय ९६ जनाको दाँत परीक्षण गरेको छ । 
मनमैजुको अभियान पब्लिक स्कूलमा शनिवार आयोजित शिविरमा ३ सय ४० जना विद्यार्थी र ५६ जना स्थानीय बासिन्दाको दाँत परीक्षण गरिएको शिविरको नेतृत्व गर्नुभएकी डा. स्मिता ढकालले जानकारी दिइन् ।

शिविरमा सहभागी अधिकांश स्कूले विद्यार्थीमा दाँत किराले खाने समस्या पाइएको थियो । त्यस्तै गिजा सुन्निने लगायतका समस्या पनि पाइएको परीक्षणमा सहभागी चिकित्सकले जनाएका छन् । कार्यक्रममा दाँत परीक्षणका अलावा दाँत र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण पनि दिइएको थियो ।  

Last modified on 2016-08-03 10:43:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts