नियमित यौन सम्पर्कले गर्छ रोगको निदान !

What's This?


Download our app to get more features

एजेन्सी । यौन जीवनको प्रेम व्यक्त गर्ने तरिका, प्राकृतिक आवश्यकता मात्रै होइन, यो उपचारको पद्धति पनि हो । यौनमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । केही समयअघि ब्रिटिस अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइएको थियो । 

यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ । यसबाट हृदय स्वस्थ रहन्छ । 

महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ 

नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । यसले एन्डोमेट्रिओसिसबाट पनि सुरक्षा प्रदान गर्छ । एन्डोमेट्रिओसिस महिलामा हुने अर्को समस्या हो जसमा उनीहरुलाई पेल्बिसमा पीडा र इन्फटिलिर्टीको गुनासो हुन्छ । अनुसन्धानअनुसार यौन प्रक्रिया सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ ।  

राम्रो निद्रा आउँछ 

यौनमा आर्गेज्म (चरमसुख) प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ । अनुसन्धानअनुसार स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ । यसबाट सेल्फ एस्टिम बढ्छ र डिप्रेसन कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ ।

अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । यसबाट उनीहरुको शरीरलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ । टाउको एवं शरीर, प्रि–मेन्स्ट्रुअल पीडा, आर्थराइटिस आदिबाट राहत प्राप्त हुन्छ । अध्ययनअनुसार चरमसुखका बखत अक्सिटोनिक र एन्डारफिन हार्मोन निस्कन्छ, जसले पीडामा राहत प्रदान गर्छ । यसका अतिरिक्त यौन जीवनबाट सुखी रहने महिलामा महिनाबारीको समयमा हुने पीडा कम हुन्छ । समग्रमा यौनले पेनकिलरको काम गर्छ । 

बैंस कायम राख्छ 

यौन विशेषज्ञहरुका अनुसार सातामा चार पटकसम्म यौनक्रियामा संलग्न रहने महिलाहरु आफूसरह उमेरका अन्य महिलाको तुलनामा ८ देखि १० वर्ष साना देखिन्छन् । यौनको समयमा मानव शरीरको इन्सुलिन ग्रोथ फ्याक्टरबाट यस्तो पदार्थ निस्कन्छ जसले शरीरलाई मेन्टेन गर्न र मुहारको मांसपेशीमा कसिलोपन ल्याउन मद्दत गर्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा चमक प्रदान गर्छ । महिला शरीरमा एस्ट्रोजन नामक हार्मोन श्राव हुन्छ । यसले केशमा चमक एवं मुहारमा निखार ल्याउँछ । 

इम्युन क्षमतामा वृद्धि 

विभिन्न अनुसन्धानअनुसार सातामा दुई वा तीन पटकसम्म यौन प्रक्रियामा संलग्न रहनेहरुमा एन्टिबडीको स्तर बढ्छ । इम्युनोग्लोब्युलिन एले संरक्षकको कार्य गरेर शरीरलाई रुघाखोकी, साधारण ज्वरोका साथै अन्य संक्रमणबाट जोगाउँछ । अनुसन्धानअनुसार गहिरो चुम्बन लिनेहरुमा कोलेस्ट्रोल पनि कम भएको पाइएको थियो । स्ट्रेस फ्रि राख्ने काम गर्छ शारीरिक बिमारीका साथै तनाव, चिन्ता, अवसादजस्ता मानसिक विकारबाट शरीरलाई टाढा राख्न यौनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित यौनमा संलग्न रहने व्यक्तिले आफूलाई ऊर्जावान्, ताजा, स्फूर्त एवं तनावरहित महसुस गर्छन् । यौनका बेला निस्कने अक्सिटोसिन हार्मोन यसपछाडिको कारण हो । 

प्रोस्टेट क्यान्सरबाट जोगाउँछ 

अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो रिसर्च २० वर्षको आयु वर्गका पुरुषमा गरिएको थियो । जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा एक तिहाइ कम भएको पाइयो । राम्रो वर्कआउट यौन क्रियाले क्यालोरी नष्ट मात्र हुँदैन यसबाट तौल पनि घट्छ । साथै मल टोनमा पनि सुधार आउँछ । अध्ययनअनुसार यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ ।

काडिर्योभास्कुलरमा सुधार 

यौन संसर्गका बखत हृदय एवं स्वासको गति बढ्छ यसले काडिर्यो भास्कुलर स्वास्थ्यलाई फाइदा  पुर्याउँछ । वजनमा नियन्त्रण वजन कम गर्न पनि यौन सम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौन सम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन । यसले मांसेपशीहरुलाई टोनिङ गर्ने कार्य गर्छ ।

सुँघ्ने क्षमतामा वृद्धि 

सहवासपश्चात् प्रोलेक्टिन हार्मोन निस्कन्छ । यसले मस्तिष्कको लवको स्टेम सेल्समा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्छ । यो नै स्लेम सेन्टर हुन्छ, यसबाट नै सुँघ्ने क्षमता पनि बढ्छ । 

 

एजेन्सीको सहयोगमा 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts