यौनाङ्ग तथा आँखामा हुने ‘क्लामेडिया संक्रमण’को एण्टिजेन

What's This?


Download our app to get more features

काठमाण्डौ । भर्खरै गरिएको अध्ययनपछि ‘क्लामेडिया संक्रमण’को एण्टिजेन पत्ता लागेको छ, उक्त एण्टिजेनले संक्रमणको संभावनालाई ९५ प्रतिशत कम गर्दछ । म्याकमास्टर यूनिभर्सिटी, क्यानडाको माइकल जी डेग्रुटी इन्सच्यूट फर इन्फेक्सन डिजिज रिसर्चमा उक्त रोगको एण्टिजेन पत्ता लगाइएको हो ।

बीडी५४८ (BD458) नामक उक्त एण्टिजेनले क्लामेडिया संक्रमणलाई रोक्ने मात्र नभै उत्पादन क्षमतामा आउने सक्ने ह्रास र ट्रकोमा रोगको संभावना समेत कम गर्ने दाबी गरिएको छ । यो एण्टिजेन बीडी५४८ (BD458) अर्थात क्लामेडिया एण्टिजेन नाकबाट शरीरमा प्रबेश गराईन्छ । 

सहायक खोजकर्ता स्टेभन लियान भन्छन् ‘यसले कुनै प्रकारको पीडा नहुने तथा यसको प्रयोगका लागि बिशेषज्ञको आवाश्यक्ता नपर्ने भएकोले अविकशित तथा विकासउन्मुख मुलुकका लागि प्रभावकारी हुने छ ।’

आखिर के हो त क्लामेडिया संक्रमण ?

सायद तपाईँलाई क्लामेडिया संक्रमणको बारेमा थाहा नहुन सक्छ । क्लामेडिया ट्राकोमाटिस् नामक जीवाणुबाट लाग्ने यो रोग संक्रमित व्यक्तिसँग यौन सम्पर्क गरेमा सर्दछ । सन् २०१३ मा पुरा विश्वमा १४ करोड १० लाख मानिस क्लामेडियाबाट संक्रमित थिए । सन् २०१४ मा अमेरिकामा मात्र १४ लाख मानिस यसको संक्रमण भोग्दै थिए । यो १५ देखि २५ बर्ष समुहमा बिषेशगरी महिलामा यो संक्रमण देखा पर्दछ । सन् २०१३ मा क्लामेडियाबाट ११०० मानिसको मृत्यू भएको थियो । 

तपाईँलाई यो रोग लागेको केही हप्तासम्म कुनै लक्षण देखा पर्दैन, केही हप्तापछि यौनाङ्गबाट तरल पदार्थ बग्ने, पिसाव गर्दा पोल्ने हुन्छ भने पुरुषहरुमा दुईमध्य एक अण्डकोष सुन्निने र दुख्ने हुन्छ । यो रोगका कारण सन्तान उत्पादनमा ह्रास आउने तथा सन्तान जन्मदाँ अत्याधिक रक्तश्राब तथा सामान्य भन्दा बढी दुखाई हुने साथै मृत सन्तान जन्मने हुन्छ ।

क्लामेडिया यौन सम्पर्क, मुखमैथुन तथा गुदमैथुन र आमाबाट बच्चामा फैलने गर्दछ । पहिलो यौन सम्पर्क र २५ बर्ष मुनी गरिएको यौन सम्पर्कबाट यो रोग सर्ने संभावना ज्यादा रहन्छ । यौन सम्पर्क नगर्नु, यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नु र संक्रमण नभएको एक जनासँग मात्र यौन सम्पर्क राख्नु यसबाट बच्ने उपायहरु हुन् । 

क्लामेडियाको संक्रमण तपाईँको आखाँमा पनि हुन सक्दछ । सन् १९९५ मा भएको अध्ययनले विश्वमा अन्धोपनको शिकार भएका मध्य १५ प्रतिशत क्लामेडिया संक्रमण अर्थात ट्रकोमाको कारणले भएको देखाएको थियो भने सन् २००२ मा ३ दबमलब ६ प्रतिशत यसका कारण अन्धो भएको तथ्याङ्क आएको थियो ।

अविकशित तथा विकासउन्मुख राष्ट्रहरुमा ट्रकोमाको संक्रमण अझै भेटिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा क्लामेडियाको आँखाको संक्रमण अर्थात ट्रकोमालाई विश्वबाट निर्मुल पार्ने लक्ष्य राखेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts