NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

योगी डाक्टर !
सन्दर्भः राष्ट्रिय योग दिवस

योगी डाक्टर !

Deurali_Janta_Pharmaceutical

पेशाले एक चिकित्सक तर म पहिले देखि नै चाहान्थेँ कि सबै मानिसहरु स्वस्थ होउन् । सबै मानिस स्वस्थ हुनका लागि के हुनु पर्दछ भन्ने बिषयमा म सधैँ अध्ययन गर्थेँ । 

झण्डै दुई बर्ष अघि सामाजिक भेटघाटका क्रममा योग र यसको फाईदाको बारेमा थाहा भयो । मलाई अझै धेरै जान्ने इच्छा भयो र विभिन्न पुस्तकहरु पढेँ । मलाई लाग्यो मैले कल्पना गरेको जस्तो स्वस्थ मानिसहरुको समाज निर्माण योगबाट सम्भव छ ।

म शारीरिक रुपमा स्वस्थ समाजको कल्पना गरिरँहदा योग यस्तो उपाय बन्यो जो शारीरिक मात्र नभै मानसिक स्वस्थताको लागि पनि आवाश्यक रहेछ । अझै भनौँ मानिसमा सकारात्मकता विकासका लागि योगा त बुटी रहेछ । 

बिरामी हुनुको कारण : ४० प्रतिशत मुख स्वास्थ्य र ५० प्रतिशत मानसिकता

चिकित्सक भएको ठाउँमा पुग्ने अवस्था एकदम कम आउनुपर्छ भन्ने मेरो मान्यता छ । मान्छेहरु बिरामी नै नभै बिरामी भै रहेका हुन्छन् । मुख स्वास्थ्य र मनोविज्ञान यस्ता दुई कुरा हुन् जसको बारेमा मात्र आफ्नो बसमा राख्न सक्ने हो भने मानिस जति बिरामी हुन्छन् त्यो ९० प्रतिशतले घट्छ । 

मानिस के खान्छन् र कसरी खान्छन् भन्ने बिषयले बिरामी हुने अवस्थाको ४० प्रतिशत निर्धारण गर्छ । अब मुख स्वास्थ्य भनेको खाना खाने मात्र भनेर पनि बुझ्नु हुन्न । मानिस कसरी बोल्छ र व्यवहार गर्दछ भन्ने कुरालाई पनि म मुख स्वास्थ्य अन्तरगत राख्दछु । कोही मानिस अरु कसैलाई गाली गरिरहेको छ सम्झनुहोस् त्यो मानिस बिरामी छ । 

अब कुरा गरौँ मनोविज्ञानको । हामीले कहिले काँही अस्पताल पुगेर निस्कँदै गरेको बिरामीले भनेको सुनेका छौँ, ‘चिकित्सकसँग भेट भए लगत्तै मेरो आधा रोग निको भयो ।’ यसबाट बुझ्न सक्छौँ आधा त उसको रोग नै हैन रहेछ । त्यो त मानसिकता मात्र रहेछ नि त । तर यो बिषयमा चिकित्सकको बोली व्यवहार अनि मानसिकता पनि पर्दछ । 

मेरो दिनचर्या

बिहान ३ बजे उठेछु । झण्डै एक घण्टा नित्यकर्ममा खर्च हुन्छ । यो समयमा ब्रस गर्ने, नुहाउने र धुप बाल्ने आदी पर्दछन् । अचम्म लाग्न सक्छ म धुप पनि बाल्छु भनेर । हो म धुप बाल्छु, धुप बाल्दै गर्दा म सबै मानिसहरु स्वस्थ होउन् भनेर माग्छु पनि । ४ बजे देखि ५ बजेसम्म म आनलाइनमा समाचारहरुको अध्ययन, मेलहरु चेक गर्ने तथा सामाजिक सञ्जालमा बिताउँछु । 

५ बजेदेखि ७ बजेसम्म योगा गर्छु । म एक्लै हैन धेरै छरछिमेकीहरु मेरोमा आईपुग्छन् योगा गर्न । हामी ठूलै समुह हुन्छौँ । मैले आफ्नो घरमा इन्द्र अन्नपूर्ण योग केन्द्र खोलेको छु जसमा म योग सिकाउँछु पनि । मेरो आफ्नो परिवारको सदस्यहरु पनि यसमा सहभागि हुने गर्दछन्, पुरै दुई घण्टा नहुन पनि सक्छन् तर पछिल्लो एक घण्टा उनीहरु पनि मसँगै योग गर्छन । 

योग गरे पश्चात दिनभरीको कार्ययोजना बनाएर केही समय आराम गर्छु र घरबाट निस्कन्छु । कहिलेकाँही सल्यक्रिया गर्नुपर्ने रहेछ भने कार्ययोजना मात्र बनाएर आराम नगरी पनि निस्कने गर्छु । ८ बजेदेखि ११ बजे बाहिरङ्ग बिभागमा बिरामी हेर्ने समय हो । तर म थोरै लचक छु त्यसैले बिरामीहरु धेरै कुराहरु जान्न चाहान्छन् त्यसैले अपबाद बाहेकका दिनमा बाह्र बज्नु सामान्य हुन्छ ।

त्यसपछिको समय कलेजमा बिताउने गर्दछु । तर पूर्ण रुपमा कलेजमा नै बस्छु भन्ने निश्चित भने हुँदैन । बिभिन्न अस्पतालहरुले मलाई सल्यक्रियामा जटिलता आएमा बोलाउने गर्छन् । त्यसका लागि पनि समय खर्च हुने गर्दछ । 

फुर्सद भए देखि बेलुका ७ बजेसम्म म दाँतको बाहिरंग सेवा हेर्छु । त्यहाँ पनि मेरो लचकताले गर्दा न्यूनतम ८ बज्ने गर्दछ । काम त करिब करिब सकिन्छ तर फर्कँदै गर्दा जति पनि सल्यक्रिया गरिएका बिरामी छन् तिनीहरुलाई भेट्दै घर फकिँदा न्यूनतम १० बजेको हुन्छ । म छिट्टै घर आइपुगेछु भनेको अपबादका दिनहरुमा म ९ बजे घर पुग्दछु । 

योग गर्नुपूर्व पनि राति १० बजे नै घर पुग्ने गर्थे । तर, त्यतिवेला मलाई खासै स्फूर्ती महशुस हुँदनथियो, थकित मुद्रामा हुन्थें ।  राती १० बजे पछि मलाई कसैको फोन उठाउनै मन लाग्दैनथ्यो । तर योगले मलाई परिवर्तन गराएको छ । म बिहान तीनबजेदेखि राति १० बजेसम्म उत्ति कै स्फूर्त रहन्छु । योगले मलाई सम्पूर्ण रुपमा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त बनाएको छ । मस्त बनाएको छ । 

शनिबारको दिनमा केही फुर्सदमा हुन्छ यद्यपी खाली बस्ने मेरो बानी नभएकोले आफू बस्ने टोलमा केही सामाजिक काम गरेर बिताउने गर्दछु । ति बाहेक कहिले पाहुना आउने, कहिले पाहुना बनेर जानुपर्ने अवस्थाहरु सिर्जना भै रहन्छन् । 

योग के हो त ? 

सानो उमेर देखि बृद्ध उमेरसम्मका मानिसहरुको लागि सना तहदेखि माथिल्ला ओहदामा बस्ने मानिससम्म यदि स्वस्थ रहन चाहान्छन् भने एक उपाय योगा हो । उपचार गराएर मात्र मानिस स्वस्थ हुन सक्दैन । यदि कोही मानसिक तथा शारीरिक दुबै रुपमा यदि स्वस्थ हुन चाहान्छ भने योग आवाश्यक छ । समय छैन भन्ने प्रचलन हामी छ । हामी फजुलको समय बिताउन गाह्रो मान्दैनौँ तर योग गर्न समय छैन भन्न अफ्ठेरो मान्दैनौँ । 

योगले शरीर, मन र मष्तिस्क तीन वटा भागको समग्र विकास गर्न सहयोग गर्दछ । त्यति मात्र हैन, ती तिनै भागलाई कुनै पनि कामका लागि एकत्रित गराउन मद्दत गर्दछ । हामी एक काम गर्दै हुन्छौँ र अर्को काम सोच्दै हुन्छौँ या अर्को काम पनि सँगै गरिरहेका हुन्छौँ । 

खाना खाँदै गर्दा गफ गर्न, टिभी हेर्न या मोवाईलमा कुरा गर्न या मस्तिष्कले आफ्ना कार्य योजना बनाउने गरिरहेका हुन्छौँ । जसले गर्दा न खानाको प्रभाव तपाईँको शरीरमा पूर्ण हुन्छ न नै सोचेको काममा सफतला पाउन सकिन्छ । त्यसै शरीर, मन र मस्तिष्क तिनै भागलाई जोड्न योगले मद्दत गर्दछ जसले मानिसलाई सफलताको उच्चतम बिन्दुमा पुर्याउँछ ।

योगले स्वस्थ बनाउँछ, स्वस्थ मन र शरीर भएको मान्छे सफताको नजिक हुन्छ, जो सफल हुन्छ उ सम्बिृद्ध पनि हुन्छ । त्यसैले कोही सम्बिृद्धि खोजीरहेको छ भने पनि उसले योग गर्नु जरुरी हुन्छ ।

प्रस्तुति : शिब प्रसाद लामिछाने

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (1)

  • Upendra Pokharel on Sun, Mar 12 2017 08:16 PM

    Very Inspiring article to be healthy,wealthy and full of happiness. Thank you Dr saheb for encouragement & inspiration.


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top