बहुयौन सम्बन्धका लागि जन्मिएका हुन् मानिस

What's This?


Download our app to get more features

काठमाण्डौ । जीवनमा एकजनासँग मात्रै यौन सम्बन्ध राख्नु पुरुष या महिला दुबैका लागि सामान्य अवस्था हैन । विवादास्पद टेड लेक्चर, मानिस बहुसाथीसँग रहनको लागि बनेको दाबा गर्छ । क्रिष्टोफर रायनले सम्मेलनमा मानिसको तुलना चिम्पाञ्जि र बोनोबोस (चिम्पाञ्जि जस्तै प्रजाती) सँग गरेका थिए, जो एक भन्दा बढी यौनसाथी बनाएर उत्कृष्ट प्रजनन् गर्दछन् । रायन भन्दछन् एकपत्नी प्रथा समाजद्धारा बनाईएको हो यो हाम्रो आनुवंशिक स्वभाव हैन । 

एकभन्दा बढी यौनसाथीका लागि बनेका हौँ हामी : क्रिष्टोफर रायन

जब एक यौनसाथीको प्रसंग उठ्छ तब हामी एक पुरुषको बहुमहिलासँगको सम्बन्ध भनेर बुझ्ने गछौँ, जुन बिल्कुल गलत हो पुरुष र महिला हुनुले केही प्रभाव राख्दैन । मनोविज्ञानमा पिएचडी गरेका र केही चर्चित पुस्तकका सहलेखक समेत रहेका रायन भन्छन्, ‘हामी सोच्दछौँ पुरुषहरु महिला यौनसाथी बढाउन ज्यादा इच्छुक हुन्छन्, तर वास्तविकतामा यो महिला र पुरुषमा समान हुने गर्दछ ।’

अनुवंशिक रुपमा हेर्दा मानिस र चिम्पाञ्जि, बोनोबोसको यौन स्वभाव समान जस्तै हुन्छ । बोनोबोस यस्तो प्राणी हो जो मानिस जस्तै आमने सामने भएर यौन सम्पर्क गर्दछ भने पुरुष बोनबोसको अण्डकोष पनि बाहिर हुन्छ । बोनोबोस फरक फरक यौनसाथीसँगको सम्बन्धका लागि प्रसिद्ध छ ।

रायन भन्दछन्, ‘स्त्री बोनोबोस संभोगका लागि सधैँ तयार रहन्छे भने एक मासिकधर्म चक्रका समयमा ९० पटक संभोग गर्न सक्ने क्षमता राख्दछे । मानिस र चिम्पाञ्जि तथा बोनोबोसमा अर्को समानता के छ भने दुबै प्रजननका लागि मात्र नभई सम्बन्धलाई मजबुद बनाउनका लागि पनि यौन सम्पर्क राख्ने गर्छन् । तर बोनोबोस मानिसमा जस्तो पुरा जीवन एकै यौनसाथीसँग सम्बन्ध राख्नुपर्ने बाध्यतामा बाँचेका हुँदैनन् । 
 
एक यौनसाथीको सिद्धान्त महिला या पुरुष दुबैमा पूर्ण रुपमा लागु हुँदैन । रायन भन्दछन्, ‘परिवारलाई बढाउनका लागि प्रूडिश विक्टोरियन युगमा एक यौनसाथीको तरिका बनाईएको हो ।’

 

Last modified on 2016-07-20 17:22:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts