मानव छालाबाट शुक्रकिट बनाउन सम्भव छ ?

What's This?


Download our app to get more features

एजेन्सी । मानव छालाको कोषबाट अण्डा वा शुक्रकिट विकसित गर्न सकिने नथा तथ्य फेला परेको छ । 
लामो समयदेखि अध्ययन गरीरहेका स्पेनका वैज्ञानिकहरुले मानव छालाको कोषलाई जीवाणु कोषमा परिवर्तनका लागि जीनहरुको ककटेल उपयोग गर्न सफल भएको बताएका छन् । 
जीनहरुको ककटेल उपयोग गर्न सफल भएसँगै मानब छालाबाट शुक्रकिट वा अन्डा विकसित गर्न थप सहयोग मिल्ने अनुसन्धानकर्ताहरुले विस्वास लिएका छन् । 

भ्यालिसियन इनफर्टिलिटी इन्स्टिच्युटका अनुसन्धानकर्ताहरु मध्येका एक डा.कार्लोस सिमोनले परिपक्व यौन प्रजनन कोष (अन्डा वा शुक्रकिट) नभएका व्यक्तिमा देखिएको समस्या समाधान गर्न लागि परेका बताए ।

सिमोनले विश्वमा सात जोडी मध्ये हरेक एक जोडीमा सन्तान उत्पादन गर्न समस्या हुने गरेको बताउँदै यस प्रकारको नयाँ जीन तयार गर्ने प्रक्रियाले उनीहरुलाई सम्भवत अर्को विकल्प दिनेमा बिस्वस्त रहेको बताए ।

अनुसन्धानमा सहभागी वैज्ञानिकहरुले कृत्रिम भ्रुण उत्पादन गर्न विद्यमान कठोर कानुनी नियमका कारण अझै पनि धेरै प्रयत्न गर्न बाँकी नै रहेको बताएका छन् । यस्तो अवस्थामा सिमोनले प्रश्न गर्दै भनेका छन्, ‘बच्चा जन्माउन चाहने महिला र पुरुषमा अन्डा वा शुक्रकिट नभएको अवस्थामा के गर्ने ?’ 

उनले आफूहरु जापानका नोबेल शान्ति पुरस्कार बिजेता सिन्या यामान्का र बेलायतका जोन गोर्डनको कार्यबाट प्रभावित भएर यो अनुसन्धान गरिरहेकोे बताए । उनले परिपक्व र प्रौढ कोषलाई बहुशक्तिवान कोषमा परिवर्तन गर्न सकिने पनि बताए । 

नोबेल कमिटीको जुरीले त्यतिबेला भनेको थियो ‘कोष र जीवधारीको कसरी विकास हुन्छ भन्ने हाम्रो बुझाइलाई उनीहरुको आविस्कारले क्रान्ति ल्याएको छ । अहिले सिमोन र उनका सहकर्मीले उनीहरुको महत्वपूर्ण कार्यलाई आधार मानेका छन् ।

अनुसन्धानमा बच्चाको जन्मबारे परीक्षण गरिरहेका वैज्ञानिकहरु यस प्रक्रियाबाट बच्चा जन्माउन कानुनी अड्चन पनि उब्जन सक्नेमा चिन्तित देखिन्छन् । कृत्रिम शुक्रकिट र अन्डा प्रयोग गरेर बच्चा जन्माउने क्षमता विकास गर्यौ भने यसलाई प्रयोग गर्ने कि नगर्ने ? यसरी जन्मिएका बालबालिकामा कुनै जैविक बेफाइदा त हँुदैन ? वैज्ञानिकमाझ अर्को बहस हुन थालेको छ ।

 

एजेन्सीको सहयोगमा
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts