यौनशक्ति बढाउने योगका आसनहरु

What's This?


Download our app to get more features

काठमाण्डौ । योगलाई आफैँमा एउटा पूर्ण विज्ञान मानिन्छ जस्को हर आसन तन र मनलाई तन्दुरुस्त राख्नलाई मद्दत गर्दछ । यति मात्र नभै योगको आसनहरुले तपाईँको यौन जीवनलाई पनि सुधार गर्दछ । जब तपाईँ शारीरिक तथा मानसिक स्वाथ्यताले कुनै पनि उमेरमा तपाईँको यौन जीवन पनि राम्रो बनाउन मद्दत गर्दछ । व्यक्तिगत जीवन होस् या शरीर, कुनैपनि क्षेत्रमा समस्या छ भने त्यसको प्रत्यक्ष प्रभाव तपाईँको यौन जीवनमा पर्दछ । 

यदि तपाईँ कुनै पनि तनावमा हुनुहुन्छ भने यौनसम्पर्क प्रतिको तपाईँको रुची कम हुन्छ । यी समस्याहरुले तपाईँलाई चरम उत्कर्षमा पुग्नमा बाधा उत्पन्न गर्दछ । यी अवरोधहरुलाई हटाएर स्वस्थ यौन जीवनको मज्जा लिन चाहानुहुन्छ भने यौग तपाईँका लागि सही र सुरक्षित तरीका बन्न सक्छ । 

योग हरेक समय तपाईँलाई शरीर र मनदेखि यूवा बनाई राख्ने आधार बन्दछ साथै तपाईँको यौनशक्तिलाई बढाएर वैवाहिक जीवन पनि सुखमय बनाउन मद्दत गर्दछ । तर यसका लागि निरन्तर अभ्यास गर्नु जरुरी हुन्छ । तल केही योगका आसनहरुको व्यख्या गरिएको छ जो तपाईँको यौन जीवनलाई राम्रो बनाउन महत्वपूर्ण भूमिका निर्भाह गर्न सक्छन् । 

  • पद्मासन : योगको यो आसनले मांसपेशी, पेट, मुत्रासय र घुँडामा प्रत्यक्ष प्रभाव राख्दछ र बलियो बनाउँछ । यो आसनले शरीरमा उत्तेजना बढाउने मात्र नभै उत्कर्षको समय बढाउन समेत सहयोग गर्दछ । 
  • हलासन : यो आसनले पुरुष तथा महिला दुबैको यौन अङ्गहरुलाई बलियो र सक्रिय बनाई यौनाङ्गमा उत्तेजनाको संचार गराई यौनईच्छा जागृत गराउँछ । यदि नपुंसकताको समस्या छ भने पनि बिस्तारै कम हुँदै जानेछ ।
  • तितली आसन : यो आसनले हाम्रा शरीरका बिभिन्न अङ्गलाई लचिलो बनाउन मद्दत गर्दछ जसले गर्दा यौन ईच्छा बढ्ने र चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन सम्बन्धका लागि यो आसनलाई रामबाण मानिन्छ ।
  • हनुमानासन : यो आसनले गुप्ताङ्गमा रक्त संचारलाई व्यवस्थित गर्दछ । यौनाङ्गको मांसपेशीलाई लचिलो बनाउँछ जसले गर्दा यौसम्पर्कका समयमा हुने समस्या तथा दुखाईलाई काम गर्छ ।
  • उष्ट्रासन : यो आसन गर्नाले यौ सम्पर्कको समयमा अत्याधिक उर्जा दिने र पूर्ण यौन आनन्द उठाउन मद्दत गर्दछ । यसले रक्त संचारलाई पनि व्यवस्थित गर्दछ ।
  • सर्वांगासन : जब कसैमा यौन प्रतिको चाहाना बिल्कुल कम हुन्छ उक्त समय यो आसन अति उपयोगी हुने गर्दछ । यौनप्रति अरुची, यौसम्पर्कको समय कमजोरी महसूस हुन्छ भने यो आसनले तपाईँको समस्याको समाधान गर्नेछ । 
     
Last modified on 2016-07-09 13:31:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts