मुटुसम्बन्धी रोगबाट यसरी बच्न सकिन्छ 

सन्दर्भ : विश्व मुटु दिवस



Download our app to get more features

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेको हुन्छ । हाम्रो मुटु एक्कासी किन दुख्छ ? भन्ने प्रश्न सबैलाई सामान्य लाग्न सक्छ तर यसको उत्तर खोज्न धेरै कारण अध्ययन गर्नुपर्ने हुन्छ ।

मुटुले कसरी काम गर्छ ?

शरीरको माथिल्लो भागको अशुद्ध रगत सुपेरिएर भेनाकाभा हुँदै दायाँ एट्रियममा पुग्छ । त्यस्तै शरीरको तल्लो भागको अशुद्ध रगत इन्फेरिएर भेनाकाभा हुँदै दायाँ एट्रियममा पुग्छ । दायाँ एट्रियमबाट अशुद्ध रगत ट्राइकस्पिड भल्भलाई पार गर्दै दायाँ भेन्ट्रिकलमा जम्मा हुन्छ । मुटु खुम्चिने बेलामा दायाँ भेन्ट्रिकलमा जम्मा भएको रगत पल्मोनरी भल्भलाई पार गर्दै पल्मोनरी आर्टरीमा जान्छ । यसरी शरीरको विभिन्न अंगहरुबाट जम्मा भएको अशुद्ध रगत पल्मोनरी आर्टरी हुँदै फोक्सोमा पुग्छ । फोक्सोमा अशुद्ध निलो रगत शुद्ध भएर चार वटै पल्मोनरी भेन हुँदै मुटुको बायाँ भागमा पुग्छ ।

किन दुख्छ मुटु ?

मुटु दुख्ने धेरै कारणहरु हुन्छन् । विशेषगरी मुटुको वरिपरी छातीको बीच भागमा दख्नु मुटु रोगका कारण हुन् । मुटु रोग विभिन्न किसिमका हु्न्छन् भल्भ मुटु रोग, बाथ मुटु रोग, मुटु फेल्योर, कोरोनरी मुटुरोग र हृदयाघात, जन्मजात मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात र हृदयघातलगायत मुख्य हुन् । तसर्थ मुटु दुख्ने प्रमुख कारण भनेकै विभिन्न प्रकारका मुटु रोग हुन् । अन्य कारणहरुमा मानसिक तनावसँग सम्बन्धित मुटु हल्लिने रोग जसलाई हामी एञ्जाइटी भन्छौं । यो पनि मुटु दुख्ने अर्को कारण हो । 

मुटु रोग बाहेक अन्य कारणहरुमा छातीको मांशपेशी खुम्चेर, फोक्सोको बाहिरी झिल्ली च्यातिएर, मानसिक तनाव बढि लिएमा छाती टाइट हुने र मुटु दुखेको अनुभव हुने गर्छ । यदि मुटुको भल्भ थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातिको बीच भागमा बेस्सरी मुटु दुख्न थाल्छ, यस्तो अवस्थामा हिंडडुल गर्दा झन् बेस्सरी दुख्न थाल्छ । शरीरमा रक्त सञ्चार कमी भयो भने पनि मुटु दुख्न थाल्छ ।

एन्जिनालाई पनि मुटु दुख्ने अर्को कारण मान्न सकिन्छ । एन्जिनालाई सामान्य बुझाइमा छातीको पीडा भन्न मिल्छ । छाती गह्रौं भएको, छातीमा कसैले वा केहीले च्यापेको जस्तो लाग्ने, छाती पोलेको, छाती सुन्न परेको, छाती चिलाएको लगायतका सबै लक्षण एन्जिनामा पर्छन् । जसको कारण मुटु दुख्न थाल्छ ।

तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हो । त्यसैले हामीले मुटु रोग प्रति बढि सचेत हुनुपर्छ । मुटु रोगका साझा तर अनौठा लक्षण रहेका छन् ।

मुटुरोगका साझा तर अनौठा लक्षण

१. देब्रे छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने छातीमा बेचैनी हुने वा भारीपन महसुस हुनु ।

२.श्वास फेर्न कठिनाइ हुनु ।

३. धेरै पसिना आउनु ।

४. नियमित रुपमा वाकवाक लाग्नु । 

५.हात झझमाउने तथा चेतनाबिहिन बन्ने ।

६.शरीरको कुनै अंगले काम गर्न छाड्नु ।

७. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने ।

८.कमजोर यौन गतिविधि भएमा ।

९.घुर्ने तथा निन्द्रामा असन्तुलन हुने ।

१०.काँध र घाँटीमा दुखाई हुने ।

११.खुट्टा वा पैताला सुन्निएमा ।

१२.अपच, मुटुमा जलन भएमा ।

१३ .जिब्रो लरबरिनु ।

१४.मुटुको चाल बढ्नु ।

१५.घाँटी दुख्नु, टन्सिल हुनु ।

रोगका कारणहरु 

चुरोट, सुर्तीको सेवन नगर्ने वा त्याग्ने, नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ । 

१.मुटुको रोगको परिवारीक इतिहास भएको । 

२.अत्याधीक मोटोपन भएको । 

३.शारीरिक रुपमा कम शक्रिय हुनु । 

४.अत्याधीक कोलस्ट्रोल हुनु । 

५.अत्याधिक ब्लडप्रेसर हुनु । 

६.धुम्रपान सेवन गर्नु ।

७.लागु पर्दाथको सेवन ।  

८.डाइबेटिजको रोगी हुनु ।

उपचार 

एक पटक मुटुमा गम्भीर समस्या देखिए जीवनभर त्यसले पीडा दिन्छ । मुटुको भल्भ नै फेर्नुपर्ने हुनेछ । एक पटक उपचार गरेपछि पनि जीवनभर औषधी खानुपर्छ । जुन निकै महंगो हुन्छ । मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ । त्यसैले आफूमा मुटु रोगको समस्या छ कि छैन भनेर बेला बेलामा इसिजी गरेर हेनुपर्छ । 

पहिले पहिले पाका र उमेर बढि भएकालाई लाग्ने भनेर चिनिएको मुटु रोग अहिले साना केटाकेटी र किशोरकिशोरीमा पनि देखिन थालेका छ । परिवारमा कसैलाई मुटु सम्बन्धि रोग छ भने २० वर्षसम्मको उमेरमा मुटुको परीक्षण गर्नुपर्दछ । अन्यथा ३० वर्षको उमेरपछि  अनिवार्य एकपटक मुटुको परीक्षण गर्नुपर्दछ ।  

खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ । जसबाट मुटु दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

डा. लम्सालसँग दिनेश लामिछानेले गरेको कुराकानीमा आधारित 
 

Last modified on 2016-09-29 17:28:32

4 Comments

  1. नारायण बजगाईon Tue, May 29 2018 08:58 AM

    मुटु आगोले पोले जस्तो भैरहन्छ यसको के उपचार गर्दा राम्रो होला बताई दिय हुन्थ्यो?मेरो उमेर १९ मात्र भयो ।।।।।

  2. धुर्ब के सीon Sat, Apr 28 2018 03:06 PM

    मेरो नी बेला बेला मुटु दुख्ने र स्वासप्रस्वास मा अफ्थेरो हुने गर्दछ यसको कुनै घरेलु उपचार छ भने बताईदिनुहोला

  3. अर्जुन शर्माon Fri, Jan 06 2017 05:50 AM

    मुटु बारे समस्या थाहा पाउँदा सार्‍है मन पर्‍यो.. मुटु एक्कासि दुख्दा र छट्पटी बनाउदा तत्काल उपचार के गर्न सकिन्छ? यस्को बारेमा पनि बताईदिन्री भए आभारी हुने थिए

  4. शारदाराज निरौलाon Sat, Aug 20 2016 07:08 AM

    हजुरका सारै जीवनोपयोगि लेख रचनाकोलागि धन्यबाददिदै बाढने अनुमति चाहान्छौ !


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts