झरीको मौसम यौन जिवनका लागी शानदार मानिन्छ तर कसरी ?

What's This?


Download our app to get more features

एजेन्सी । झरीको मौसम यौन जिवनका लागी शानदार मानिन्छ । मन रोमान्टिक हुन्छ र शरीर पनि फुल्न र फक्रिन थाल्छ । तर यस्तो मौसममा पनि तपाँई यौन सम्बन्धमा कमजोर हुनुहुन्छ ? या तपाईं अन्य मौसमभन्दा फरक महशुस गर्न सक्नुभएको छैन ? यस्तो समस्या समाधान गर्न तपाँई आंफै सक्नुहुन्छ, । यसका लागी तपाँइले आफ्नो भान्साकोठामै घरेलु आयुवेर्दिक औषधि बनाउन सक्नुहुन्छ ।``

आफैले बनाएको घरेलु औषधिबाट झरीको मौसममा आफ्नो यौन जीवनलाई आर्कषक र सन्तुष्ट कसरी बनाउने त ? आउनुस् यसबारे तपाँईहरुलाई बताइहालौं यो रहस्य । 

  • २ देखि ४ वटा सुकेको खन्यूलाई किसमिससँग बिहान र बेलुका दूधमा पकाएर खाने र एक गिलास दूध दैनिक पिउने ।
  • ७ ग्राम अश्वगंधा चूर्ण, मिश्री र महमा १५ ग्राम गाईको घिउमा मिलाएर प्रत्येक दिन बिहान र बेलुका खाने । 
  • ५० ग्राम मासको दाललाई पानीमा भिजाएर बोक्रा निकाल्ने, र यसलाई घीउमा भुटेर दुध, सखर, बदाम, किसमिससंग मिसाएर खीर बनाएर खाने ।   यसले तपाँईको यौन शक्ति बढाउँछ । 
  • १० -१० ग्राम मह, अदुवाको रस, प्याजको रसलाई ६ ग्राम घीउ सबैलाई एकै ठाउँमा मिलाएर बिहान नियमित २१ दिन भरीभरी खाने । यसले तपार्इंको यौन शक्ति बढाउंछ । 
  • १५ ग्राम कालो तिल र १० ग्राम गोखरु चूर्ण दुधमा मिलाएर पिउने । यसले तपाँईको थकानलाई नियन्त्रण गर्छ ।
  • यौनमा अन्य समयमा पनि कमजोर महशुस गरीरहनु भएको थियो भने कुविण्डोको बियाँको बिचको पिनेर पिठो बनाएर दुधमा मिलाएर बिहान पिउनुस वा कुपिण्डोबाट बनेको मिठाई बिहान बेलुका खानापछि डेर्जटको रुपमा खानुहोस् । यसले तपाँईको यौन अंगलाई सक्रिय बनाउन सहयोग गर्छ ।
  • यौनशक्तिको केहि समयमा नै बढाउन चाहानुहुन्छ भने कुविण्डोको १०० मि.लि.जुसमा सखर मिलाएर पिउनस् ।


फोटो एजेन्सीको सहयोगमा

Last modified on 2016-07-03 12:06:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts