तपाईंको बच्चाले पनि ओछ्यानमै पिसाव फेर्छ ?



Download our app to get more features

स्कुल जाने उमेरका कतिपय बालबालिकाले ओछ्यानमै पिसाव फेर्ने समस्याका कारण धेरै अभिभावक प्रायः तनावमा रहेको पाईन्छ । उनीहरुको यस्तो बानीले परिवारका सदस्यलाई कहिलेकाहीँ लाजमर्दो समेत हुनेगर्छ । यसैले गर्दा आफ्ना छोराछोरीलाई लिएर आफन्तकोमा जान समेत हिचकिचाउने गर्छन कतिपय अभिभावक । यस्तो समयमा बालबालिकालाई गाली गर्ने बाहेक परिवारका सदस्यसँग अरु कुनै बिकल्प हुँदैन । तर उनीहरुलाई गाली गर्नु भनेको उसको समस्याको समाधान नभई प्रशय दिनु हो ।

 मानिसको हरेक उमेरमा विभिन्न शारीरिक मानसिक विकासक्रम चलिनै रहेको हुन्छ । यसैक्रमा पिसावको थैलीको पनि विकास भईरहेको हुन्छ । पिसावको थैलीको तल पिसावलाई होल्ड गर्ने एउटा मसल हुन्छ  । उमेर अनुसार राम्रोसँग विकास भएर यसले पिसावलाई बलियोसँग रोकेर राख्ने काम गर्छ । तर कतिपय बालबालिकामा राम्रोसँग विकास नभएर १५/२० वर्षको उमेरमा पनि कहिलेकाहीँ सामान्य अवस्थामा पिसाव रोक्न सक्ने तर सुतेको समयमा रोक्न नसक्ने हुन्छ । 


पिसाव थैलीमा पिसाव भरिँदै गएपछि पिसाव लागेको भान जती हुनु पर्ने होे त्यति मात्रामा नहुने हुन्छ । जसको आभास नहुने हुँदा बालबालिकाले ओछ्यानमै पिसाव फेर्न गर्दछन् । 
सबैले बुझ्नु पर्ने कुरा के हो भने, कुनैपनि बच्चाले जानाजान विस्तारमा पिसाव फेर्ने होइन । उसलाई पनि विस्तारामा पिसाव फेर्ने कुनै रहर हुँदैन । उसलाई सुतेको समयमा पिसाव लागेको आभास नहुने हुँदा यस्तो हुन्छ । त्यसलै यस्तो अवस्थामा बालबालिकालाई गाली गर्नु हुँदैन । यस्तो अवस्थामा उनिहरुलाई गाली गर्दा मानसिक समस्या उत्पन्न समेत हुनसक्छ । बच्चालाई मात्र दोष दिएर समस्या समाधान हुँदैन । सुतेको समयमा पिसाव चुहिएको उसलाई थाहा नै हुँदैन । तनावले पनि यसलाई बढवा दिन सक्छ । 
 
ओछ्यानमा पिसाव फेर्नु कुनै रोग होइन, यसले कुनै समस्या गराउँदैन । तर परिवारका सदस्यलाई भने ठुलो समस्या हुन सक्छ । बच्चालाई दिनहुँ नुहाइदिनुपर्ने, विस्तारा परिवर्तन गर्नुपर्ने जस्ता समस्या आउने हुन्छ । 
दिनहुँ विस्तारामा पिसाव फेर्दा बालबालिकामा मानसिक तनाव भने उत्पन्न हुनसक्छ । जस्तै साथी घरमा सुत्न गएमा, आफन्तको घरमा गएमा पिसाव फेर्दा लाज हुने हुन्छ । साथै घरमा हरेक दिन परिवारका अन्य सदस्यले समेत गाली गर्दा मानसिक तनाव हुन जान्छ । त्यसैले उनीहरुलाई गाली गर्नुभन्दा राम्रोसँग सम्झाउनु पर्छ ।

 
यसको नियन्त्रणका लागि बेलुका सुत्ने समयमा पानी कम पिउने, राती समय समयमा पिसाव फेर्न उठाउने गर्नुपर्छ । जसका कारण पिसाव थैली भरिन पाउँदैन र पिसाव चुहिने समस्या कम हुन्छ । यसरी सामान्य तरिका अपनाउँदा पनि नियन्त्रण गर्न सकिन्छ । कहिलेकाहीँ पिसाव कै कारण तनाव हुने भएमा औषधिको पनि सेवन गर्न सकिन्छ । तर साधारणतया यो पछि आफै निको भएर जाने समस्या हो । यो कुन उमेरमा आफै निको भएर जान्छ भन्न सक्ने अवस्था भने हुदैन । सामान्यतया २० वर्षको उमेरसम्ममा निको भएर जान्छ । 


यो कुनै रोग नभएको हुदा यसमा धेरै तनाव लिनु पर्दैन । सामान्यतया ४/५ वर्षसम्म लगातार यस्तो समस्या भएमा भने चिकित्सकसँग सल्लाह लिनु पर्छ । कहिलेकाहिँ पिसावको इन्फेक्सनका कारण पनि यस्तो समस्या हुन सक्छ । बच्चा देखि नै देखिने समस्या भएमा आत्तिनु पर्दैन तर पछि गएर यस्तो समस्या देखिन थालेमा भने तुरुन्त्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
 

डा. कुँवरसँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित ।   

Last modified on 2017-02-10 15:07:03

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. dr phone no dinu phone ma conversation garaula


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts