सेक्समा ध्यान दिनुपर्ने ५ कुरा 

What's This?


Download our app to get more features

एजेन्सी । यौन जीवन मानिसका लागि अत्यावश्यक हुन्छ । हरेक व्यक्तिले यौन जीवनलाई सहज रुपमा अघि बढाएमा स्वस्थ्य मात्र रहँदैन पारीवारीक र सामाजिक जीवन पनि सहज हुन्छ । यौनलाई बलजफ्ती भन्दा एक आपसमा समझदारीमा अघि बढाए मात्र सफल हुन्छ । यौन जीवनलाई सफल पार्न ध्यान दिनुपर्ने पाँच कुराहरु यस प्रकार छन् । 

सामान्य रहने 

सेक्सलाई कुनै ठूलो कुराको रुपमा लिनु हुँदैन । यो प्राकृतिक अधिकार हो । आफ्नो श्रीमतीको भावना बुझ्ने । यदि उनलाई इच्छा छैन भने जवरजस्ती गर्नु हुँदैन । सामान्य तरिकाले अघि बढने । भावना र इच्छा विपरीत सम्बन्ध राख्न खोज्दा मानसिक तनाव उत्पन्न हुन सक्छ । 

गलत विचार नलिने 

माया पाउनका लागि महिलाले सेक्सलाई इन्कार गर्न सक्दैनिन् । पुरुष र महिलामा सेक्सका बारेमा अलग अलग विचार हुन्छन् । यहि कारणले पारिवारीक जीवन तनावमा पर्न सक्छ । यसबाट बच्नका लागि संवेदनशील हुनुपर्छ । तर सेक्सको लागि भने अति संवेदनशील हुनु हुँदैन । सेक्सको समयमा श्रीमती तर्फमात्र ध्यान दिनुपर्छ । त्यस समयमा आजको के नयांँ विचार लिनु हुँदैन ।

विविधता नखोज्ने

सेक्सको सिधा सम्बन्ध मनसँग हुन्छ । सेक्स शारिरीक मात्र नभई मानसिक क्रिया समेत हो । शारीरिक सन्तुष्टिका लागि उत्ताउलो तरिकाले सम्बन्ध राख्नाले सेक्स साथीलाई नराम्रो प्रभाव पर्न सक्छ ।


आफूलाई कमजोर नठान्ने 

प्राय सेक्सको समयमा महिलाहरुमा कस्तो देखिएको छु, राम्री छु की छैन जस्ता सोचाइ आउन सक्छ । यस्तो सोचाइ लिनु हुँदैन भने पुरुषले म सेक्समा सफल हुन्छु कि हुँदैन भन्ने विचर पनि त्यस समयमा लिनु हुँदैन । 

समयलाई छाडिदिने 

सेक्स पहिला प्लान बनाएर गर्ने चिज होइन । त्यस समयमा जे हुन्छ हुन्छ । पोर्न फिल्ममा के थियो भन्ने लिनु हुँदैन । सेक्सको समयमा अनावश्यक कुरामा मन बहलाउनु हुँदैन । श्रीमतीसँग रमाइलो कुराकानी गर्दै भावना बुझ्ने कोशिस गर्नुपर्छ । नकारात्मक सोचाइले सेक्स जीवन तनावमा परिणत हुन्छ ।

 

एजेन्सीको सहयोगमा 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts