आमा मात्र हैन बुबाको माेटाेपनपनि छोरीको स्तन क्यान्सरकाे कारक

What's This?


Download our app to get more features

एजेन्सी । गर्भवती अवस्थामा आमाको खानपान, तौल तथा उचाईले उनीबाट जन्मने बालिकामा स्तन क्यान्सरको सम्भावनालाई बढाउँछ भन्ने बिभिन्न अध्ययनहरु भएका छन् । अहिले नयाँ भएका अध्ययनहरुले यहि कुरा बालिकाको बुबामा पनि लागु हुने देखाएको छ । पुरुषको मोटोपनले शुक्रकिटको स्थानान्तरको तरिकामा फरक पर्ने र जन्मने बालिकामा स्तन क्यान्सरको समस्या बढाउने अध्ययनले बताएको छ ।


छालाको क्यान्सरपछि अत्याधिक रुपमा महिलामा देखिने भनेको स्तनको क्यान्सर हो । स्तन क्यान्सको लागि ५ देखि १० प्रतिशत बंशाणुगत कारण हुने गरेको प्रमाणित तथ्य हो । अघिल्ला अध्ययनहरुले आमाको जीवनपद्धती, खानपीनले जीनमा परिवर्तन आउने र त्यसले जन्मने बच्चामा स्तन क्यान्सरको सम्भावनालाई बढाउने बताएका थिए, मोटोपन र मानसिक अवस्थाले पनि त्यसमा प्रभाव पार्ने निष्कर्ष पनि निकालेका थिए ।  

 
तर, अमेरिका जर्जटाउन लोम्बार्डी कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरको डिपार्टमेन्ट अफ ओन्कोलाजीका पिएचडी डाक्टर तथा प्रखुक खाजकर्ता सोनिया डे एसिसले बुबाको तौलले पनि स्नत क्यान्सरको समस्यालाई प्रभाव पार्ने अध्ययनबाट निष्कर्ष निकालेका हुन् । 


उनीहरुले गरेको अध्ययनमा मोटो बुबाबाट जन्मेका छोरीहरुको स्तनको कोषिकाहरुको बिकास ढिला हुने र पछि स्तन क्यान्सरको समस्या हुने बताएका छन् । मोटा बुबाहरुको शुक्रकिटमा माईक्रो आरएनए नामको अणु हुने र सोहि अणु महिला स्तनका कोषहरुमा पाईने अनौठो रहस्योद्घाटन पनि अध्ययनले गरेको छ । 

Last modified on 2016-06-28 13:29:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts