बाबाभक्त डाक्टर (भिडियो सहित)



Download our app to get more features

वीर अस्पतालका कलेजो यूनिटका प्रमुख हुन् प्रा.डा. अनिल कुमार मिश्र । अस्पतालमा रहेको उनको कार्यकक्षमा प्रबेश गर्दा लाग्छ म कुनै मन्दिरमा आईपुगेको छु । चारैतिर बिभिन्न भगवानका तस्बिर । भित्तामा कतै खाली ठाउँ छैन सबै भगवानका तस्बिरले भरिपूर्ण छन् । 
उनको कार्यकक्षमा पाहुनाका लागि राखिएको सोफा नजिकै सानो टेबल छ । टेबलमा दुईतीन बाबाका तस्बिर र तस्बिरका अगाडि पुजाका सामाग्रीहरु ।

हाम्रो डक्टरको लागि बासुदेब जी र म उनको कार्यकक्षमा पुग्यौँ । कार्यकक्ष पहिलो पटक प्रबेश गर्दा फरक अनुभूति भै रहेको थियो । म अस्पतालमा छु भन्ने पनि बिर्साउने त्यहाँको वाातावरण थियो ।
डा. मिश्र भन्दैथिए —“यो बाहिरको वातावरण भन्दा बिल्कुल भिन्न छ, यहाँ प्रबेश गरे लगत्तै मलाई सकारात्मक किरणहरु मेरो आसपास छन् जस्तो लाग्दछ ।” उनको प्रश्न म तर्फ तेर्सियो — “तपाईलाई पनि शान्त महसुश भयो होला ?”

आफ्नो दैनिकीमा उनी आफ्नो काममा पूर्ण ध्यान दिने गर्दछन् । यद्यपी कार्यालय प्रबेश गर्दा होस् या कार्यालयबाट निस्कँदा या खाजा बिश्राममा उनी ‘पाईलट बाबा’ लाई याद गर्दछन् । उनी आफूलाई पाईलट बाबाको भक्त हुँ भन्दछन् र त्यो कुरामा गर्व पनि गर्दछन् । उनी भन्छन् — “पाईलट बाबा बिज्ञानलाई मान्दछन् अन्धविश्वासलाई हैन ।” उनी थप्छन् — “तर बिज्ञान भन्दा पर अर्को बिज्ञान छ । जसको अध्ययन गर्न आवश्यक छ ।”
ध्यान, योग, साधना र समाधी यो पाईलट बाबाका सिद्धान्त हुन् । “आत्मा भनेको परमात्माको अंश हो । जसको बारेमा ज्ञान प्राप्त गर्नु आवश्यक छ ।” उनी भन्छन् — “जसको प्रप्तीका लागि ध्यान, योग र साधना आवाश्यक छ । समाधी यसको अन्तिम अवस्था हो । जहाँ पूर्ण ज्ञान प्राप्त हुन्छ ।”

को हुन् त पाईलट बाबा ? 
सन् १९३८ मा बनारसको सासाराममा जन्मिएका कपिल अद्भेतले आफ्नो बिद्यालय शिक्षा दार्जलिङ्मा बसेर हाँसिल गरे । जर्मन, पेरिस र केही अरब राष्ट्रहरुमा गएर उच्च शिक्षा लिएका उनले सन् १९५७ मा भारतीय सैन्य बिमान चालकको रुपमा काम शुरु गरे । 
सन् १९६२, १९६५ र १९७१ को फरक फरक यूद्धमा उनले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेका थिए । सेवाका क्रममा उनले बिशिष्ट सेवा पदक समेत प्राप्त गरे । 
डा. अनिल कुमार मिश्र व्याख्या गर्छन — “यूद्धको दौरान उनी ‘मीग एयरक्राफ्ट’ लिएर भारतको उत्तरपूर्वी क्षेत्रमा जाँदै थिए । अचानक चालक दलले जहाजमाथीको आफ्नो नियन्त्रण गुमायो र जहाज दुर्घटना हुने अवस्थामा पुग्यो । चालक दलका सबै सदस्यले हामी प्यारासुट लिएर जहाजबाट उत्रने बताईरहँदा उनी भने आखाँ चिम्लेर यदि कोही भगवान छ भने हाम्रो रक्षा गर भन्दै थिए । अचानक उड्दै गरेको जहाजमा एक जटाधारी बाबाको आगमन भयो र उनको निर्देशण्न अनुसार जहाजलाई आकस्मिक अवतरण गराईयो ।”
उक्त घटना पश्चात कपिलले आफू यूद्धमा समाबेश भएर मान्छेहरु मार्ने कार्यमा सक्रिय भएकोमा आत्मग्लानी महशुस गरे र आफ्नो सेवामा ३ महिनाको बिदा लिएर १६००० फिटको उचाईमा रहेको पिण्डारी हिमक्षेत्रमा गए र सात बर्ष तपस्या गरेर फर्किए । 
सन् २०७४ मा दिल्लीमा बिभिन्न देशका बैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन हुँदै थियो । सम्मेलनमा उनले शरीरमाथि आफ्नो नियन्त्रण रहेको बताए तर जर्मनबाट आएका बैज्ञानिकहरुले त्यसलाई प्रमाणित नगरेसम्म बिश्वास नगर्ने बताएपछि उनी ३३ दिनसम्म भ्याकुम बक्समा समाधीमा बसे । 
उनको उक्त समाधी बिज्ञान माथिको चुनौति थियो । तत् पश्चात उनले १० बर्षमा १०६ राष्ट्रमा समाधी गरे । जपानमा गरिएको समाधीमा त्यहाँका मानिसहरुले करोडौँ रकम दिएका थिए तर उनले सबै रकम जापान सरकारलाई दिँदै देशको बिकासमा खर्चन भनेका थिए । 

नेपाल भ्रमणमा आएका पाईलट बाबा रातको समयमा मकवानपुरको भैसे ७ मा जंगलको बिचमा रहेको ठूलो ढुङ्गाको माथी सुत्ने तयारी गर्दै थिए । अचानक उनको अगाडी जटाधारी बाबा आई पुगे र उक्त बाबा ति बाबा थिए जो मीग जहाज दुर्घटना हुने अवस्थामा रहेको बेला उड्दै गरेको जहाजमा आई पुगेका थिए । हरिबाबा जी नाम गरेका उक्त बाबा मकवानपुरको भैसे ७ मा रहेको त्रीखण्डि महादेबको मन्दिरका पुजारी थिए । 
अनिल कुमार मिश्र भन्छन् हरेक मानिसको बिचारमा शुद्धता हुनु जरुरी छ । नेपालमा पाईलट बाबाका पहिला भक्त पूर्व प्रधानन्यायाधिस दामोदर शर्मा दास्रो आफू र तेस्रो लोकमान सिंह कार्की भएको उनले बताए । हाल नेपालमा ४० हजार भन्दा बढी पाईलट बाबाका भक्तहरु रहेको उनको भनाई छ ।  

भिडियो पनि हेर्नुहोस् ।

 

Last modified on 2016-06-26 09:49:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts