आकस्मिक गर्भनिरोधक चक्कीले निम्त्याउन सक्छ गम्भीर स्वास्थ्य समस्या

What's This?


Download our app to get more features

काठमाण्डौं, १० असार । आकस्मिक गर्भ निरोधक चक्कीहरु अनेकन नाममा बजारमा उपलब्ध छन् । नेपालका शहर बजार र गाउँका औषधि पसलमा बिना प्रेस्क्रिब्सज सहजै किन्न पाइन्छन् यस्ता गर्भनिरोधक चक्कीहरु प्रयोग गर्नेहरुको संख्या दिनहुँ बढ्दै गएका छन् । 

जसले युवा युवतीहरुलाई विकृत मात्र बनाएको छैन यस पुस्ताका हजारौं युवतीका स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । खासमा यस्ता चक्कीहरु असुरक्षित रुपमा गरेको यौन सम्पर्कबाट गर्भ नरहोस भनेर महिलाले ७२ घण्टाभित्र प्रयोग गर्ने गर्छन् । 

तर आम उपभोक्ताले यस्ता आकस्मिक गर्भनिरोधक चक्कीर्लाइ परिवार नियोजनका साधनको रुपमा बुझेकाले स्वास्थ्यमा गम्भीर असर पर्दै गएको चिकित्सकहरु बताउँछन् । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवालका अनुसार युवा पुस्ताले आकस्मिक गर्भनिरोधक चक्कीलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्दा विभिन्न समस्या आउँछ । 

‘युवा पुस्ताले आकस्मिक गर्भनिरोधक चक्कीलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्दा अत्याधिक रक्तश्राव भएर समस्या आउने गरेको छ ।’ उनले भनिन्, ‘यो सतप्रतित प्रभावकारी हुँदैन ।’

पछिल्लो समय यसको प्रयोग उमेरै नपुगेका टिनएजर्सहरुले गर्ने गरेको पाइएको छ ।  स्कुल तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि असुरक्षित यौन सम्पर्क गरेर यस्ता चक्कीहरु प्रयोग गर्ने गरेको पाइएको छ । यसबाट तिनीहरुको प्रजनन् अंग मात्र बिग्रिरहेको छैन सम्पूर्ण शरीरको स्वास्थ्यमा गम्भीर असर परीरहेको छ । 

पिल्स, अनवान्टेड, आइपिल, इकोनलगायत विभिन्न नामले बजारमा आपतकालिन गर्भनिरोधक चक्कीहरुको व्यापार निक्कै मौलाएको छ । शहरका सबैजसो औषधि पसलहरुमा यस्ता औषधिहरु किन्न खासगरी युवा युवतीहरु जाने गरेका छन् । 

किन प्रयोग गरिन्छ चक्कीहरु 

बजारमा विभिन्न नामले गर्भनिरोधक चक्कीहरु पाइन्छन् । तिनीहरुको नाम कम्पनीपिच्छे फरक फरक भएपनि काम भने असुरक्षित यौन सम्पर्क भएमा गर्भ नरहोस् भन्ने नै हो । असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टासम्म यस्ता चक्कीको प्रयोग गर्दा गर्भ रहँदैन । जसका कारण असुरक्षित यौन सम्पर्क गर्ने र आकस्मिक गर्भनिरोधक चक्कीहरु प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । शहरका युवा युवतीमा असुरक्षि यौन सम्पर्क गर्ने र गर्भ रहनबाट बच्न यस्ता चक्कीहरुको प्रयोग गर्नेको संख्या बढ्दै गएको औषधि पसलेहरु बताउँछन् । 

यो चक्की लिन विशेषगरी टिन एजका केटाकेटी ब्राण्ड नै तोकेर किन्न आउने गरेको काठमाण्डौंको नयाँ बानेवरका एक औषधि पसलेले बताए । यसका फाइदा वा प्रभावकारीताका साथै कति पटक प्रयोग गर्न हुने हो जस्ता जिज्ञासासमेत राखेर पनि उनीहरु किन्न आउने गरेको पसलेको अनुभव छ ।  

यसका असरहरु 

सहजै पाइने भएपनि यस्ता चक्कीहरुको प्रयोगले प्रजनन् क्षमतामा गम्भीर असर पारीरहेको हुन्छ । अल्प ज्ञान तथा गलत बुझाइका कारण अत्याधिक रुपमा प्रयोग भइरहेका यस्ता चक्कीका कारण मानव स्वास्थ्यमा नै गम्भीर असर गर्ने डा. अग्रवाल बताउँछिन् । 
 
सहजै पाइने भएकाले असुरक्षित यौन सम्पर्कपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवतीहरुको संख्या शहरमा जति बढ्दो छ त्यसको साइड इफेक्ट झन्  डर लाग्दो छ । 

एउटा पसरलबाट महिनामा विभिन्न ब्राण्डका गरी ३ सय भन्दा बढी पिस गर्भनिरोधक चक्की बेच्ने गरेको व्यवसायीहरु बताउँछन् । ३० वर्षभन्दा मुनिका युवतीहरु बढी आकस्मिक गर्भनिरोधक चक्की किन्न आउँछन् । कलेज ड्रेसमै पनि कतिपयले आएर किन्ने गरेको कोटेश्वरका एक औषधि पसलेले बताए । 

त्यसो त असुरक्षित यौन सम्पर्कबाट गर्भ रहेपछि गर्भपतनका लागि स्वास्थ्य संस्था धाउने महिलाहरुको संख्या पनि उत्तिकै छ । गर्भ निरोधक चक्कीको प्रयोगपछि स्वास्थ्यमा समस्या भएपनि धेरै महिला चिकित्सकको सहारामा पुग्ने गरेका छन् । 

हर्मोनमा गडबडी 
यस्ता चक्की अत्याधिक प्रयोग गर्ने महिलाहरुको हर्मोनमा समस्या आउँछ । हर्मोनसम्बन्धी चक्की भएकाले यसले हर्मोनलाई गर्ने गडबडीले शरीरका विभिन्न भागमै असर पर्छ । 

पाठेघरको नलि फुट्न सक्ने 

यस्ता चक्कीको अत्याधिक प्रयोगले पाठेघर फुटाउन सक्छ । महिलाको पाठेघर अत्याधिक संवेदनशील भएकाले यस्ता चक्कीको प्रयोगले नलिमा विकास हुँदै गरेको गर्भलाई असर गर्छ । यौन सम्पर्क भएको ७२ घण्टा नबिति भ्रुण महिलाको पाठेघरमा पुगेको हुँदैन । जसकारण पाठेघरको नलि फुट्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् । 

अत्याधिक रक्तश्राव हुने 

जथाभाववी चक्की प्रयाग गर्दा रक्तश्राव भएर महिलाको ज्यानै जाने खतरा हुन्छ । 
महिलाको पाठेघरको नलिमा पुगेको गर्भलाई यस्ता चक्कीले तुहाउने गर्छ । जसका कारण रक्तश्राव हुन्छ ।

बाँझोपनको खतरा 

नियमित यस्ता चक्कीको प्रयोग भएमा महिलामा बाँझोपनको समस्या देखा पर्छ । यस्ता चक्कीले हर्मोन उत्पादनमा कमी ल्याउने भएकाले बाँझोपना देखापर्ने संभावना अधिक हुने विज्ञहरुको भनाई छ । 

बच्चा जन्मिएपनि अपांग हुने खतरा 

कतिपय अवस्थामा असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टा वा त्यसपछि पनि प्रयोग गर्ने र चक्की प्रयोग गर्दा गर्दैपनि बच्चा जन्मिन सक्छ । अत्याधिक आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेका आमाबाट जन्मिएको शिशु अंगभंग भएर जन्मजात अपांगका रुपमा जन्मने पनि उत्तिकै हुन्छ । 

यौन रोगको पनि जोखिम 

यस्ता चक्कीका प्रयोगले  युवा पुस्ताल आफूलाई सुरक्षित ठाकछन् र जथाभावी यौन सम्पर्क गर्दा यौन रोगको सिकार हुने गरेका छन् । जसका कारण एक व्यक्तिमा भएको यौन रोग अन्यमा सहजै सर्ने हुन्छ । 

महिनामारीमा हुने गडबडी

अत्याधिक हर्मोन हुने यस्ता औषधिको सेवनले महिनावारी गडबडी हुन सक्छ । यस्ता चककीको प्रयोगले महिना पुग्नु अगावै महिनावारी हुने र कहिले महिना पुगेको लामो समयसम्म पनि महिनावारी नहुने समस्या हुन्छ । 

Last modified on 2016-06-24 15:59:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts