खुलेर कुरा गरौं यौन रोगका बारेमा 



Download our app to get more features

माज विकसित र शिक्षित हुँदै गएपनि हाम्रो समाजमा यौन समस्या र जिज्ञासाका बारेमा खुलेर कुराकानी गर्न संकोच मानिन्छ । अझ भनौ मानिसलाई नभइ नहुने प्राकृतिक आवश्यक्ताको रुपमा रहेको यौनका बारेमा कुरा गर्नु वा चासो राख्नुलाई नै अपराध मान्ने प्रथा समाजमा व्याप्त छ । जसका कारण हामीमध्ये कतिपयलाई विभिन्न समस्या भइरहेको हुन्छ । 

यौन शिक्षालाई प्रभावकारी र सहज रुपमा सिकाइको मध्यम बनाउन विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश भएपनि त्यसबारे खुलेर अध्ययन अध्यापन गराउन शिक्षक शिक्षिकाहरु नै हिचकिचाउँछन् ।  

यसरी यौनका विषयलाई सधै लुकाएर राख्ने प्रवृत्तिका कारण मानिसहरु विभिन्न खाले यौन रोगबाट संक्रमित भइरहेका छन् । यसमध्ये पनि महिलाहरु यस्ता समस्याबाट बढी ग्रसित हुने गरेको तथ्यांक छ । महिलाहरु आफूमा कुनै यौन सम्बन्धि समस्या देखिएमा लाज वा संकोचका कारण घर, परिवार, साथी सबैसँग सकभर लुकाएर राख्न  खोज्छन् । फलस्वरुप सानो उपचार तथा खर्चमा निको पार्न सकिने रोग भविष्यमा धरै समस्या भोग्नुपर्ने हुन्छ । अझ कतिपय अवस्थामा त ज्यानसमेत गुमाउनु पर्ने पनि हुनसक्छ । 

यौन रोग भनेको असुरक्षित यौन सम्पर्कको सुचक हो । जुन ठाउँमा यौन रोगको व्यापकता बढी भयो त्यो ठाउँमा असुरक्षित यौन सम्पर्क धेरै हुन्छ भन्ने बुझिन्छ ।

तर पुरुषको तुलनामा महिलामा यो रोग सर्ने संभावना बढी हुन्छ ।   

महिलामा देखापर्ने यौन रोगमध्ये अधिकांशमा सेतो पानी बग्ने, यौनी चिलाउने, योनीद्धार वरपर घाउ खटिरा देखापर्ने आदि देखा पर्छन् । यौन रोग सरुवा रोग हो । यसबाट बच्नका लागि आफैंलै सतर्कता अपनाउन जरुरी हुन्छ । 

सामान्यतया प्रजनन् क्षमतामा प्रवेश गरेका महिला पुरुष जसले असुरक्षित यौन सम्पर्क राख्ने, एक भन्दा बढी यौन साथी बनाउने, गुप्तांगको सरसफाइमा ध्यान नदिने निर्मलिकरण नगरीएका सुई सिरिञ्चको प्रयोग गर्ने, संक्रमित व्यक्तिको रगत लिने जस्ता व्यवहार गर्दा यौन रोगको संक्रमण देखापर्छ । 

यौन रोगबाट बच्नः

श्रीमान श्रीमतीबीच मात्रै सुरक्षित यौन सम्पर्क राख्ने ।

अविवाहित युवायुवतिले सकभर यौन सम्बन्ध नराख्ने, 

यौन सम्पर्क राख्नै परेमा परिवारनियोजनका अस्थाइ साधनहरुको प्रयोग गर्ने । 

निर्मलिकरण नगरीइको सुई सिरीञ्चको प्रयोग नगर्ने ।

गुप्तांगको सरसफाईमा विशेष ध्यानदिने, सफा गरे पछि गुप्तांग सफा कपडाले पुछ्ने ।

गुप्तांग सरसफाईमा साबुनको प्रयोग कम गर्ने वा सकेसम्म प्रयोगै नगर्ने ।

यौन रागको विशेष जोखिमा १५ देखि ४९ वर्ष पुरुष महिलाहरु हुने गर्छ । । यस अर्थ आफैंले थोरै सावधानी अपनाउन सकियो भने यौन रोगबाट बच्न सकिन्छ । यौन रोग सबै उमेर समुहका मानिसलाई लाग्न सक्छ । तर यौनक्रियामा बढी संलग्न हुने उमेर समुहका मानिस विभिन्न यौन रोगको सिकार हुने गर्छन् । यदि आफूलाई कुनै यौन रोग लागेको शंका भए वा असजिलो महसुस भए तत्कालै चिकित्सकको परामर्शमा उपचार गर्नुपर्छ । 


डा. भट्टराईसँग नबिना कार्कीले गरेको कुराकानीमा आधारित ।
 

Last modified on 2016-06-18 09:19:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts