पायल्स उपचारको नविनतम प्रविधि ‘एचसीपीटी’ के हो ? 

चीनका ‘प्रसिद्ध’ चिकित्सकसँगको कुराकानी



Download our app to get more features

खानपान तथा जीवनशैलीमा आएको परिवर्तन र हेलचेक्र्याँइका कारण नेपालमा पछिल्लो समय पायल्स, फिस्टुला लगायत मलद्वारजन्य रोगका बिरामी उल्लेख्य रुपमा बढेका छन् । मलद्धार तथा मलासयमा देखिने समस्याहरुमा पायल्स, फिसर, फिस्टुला, दिशामा रगत आउने, दिसा गर्दा दुख्ने लगायतका समस्या रहेका छन् । जसमध्ये सबैभन्दा बढीे पायल्सका रोगी रहेका छन् । यी रोगहरुको बेलैमा र सही उपचार गरेमा पूर्ण रुपमा निको हुन्छ । तर, यस्ता समस्या लाई लुकाएर बस्दा बिरामीले कष्टकर जीवनयापन गर्न बाध्य छन् । सँगसँगै यसका कारणले मलद्वार सम्बन्धी क्यान्सर समेत हुने गरेको छ । 
यस्तो समस्याका लागि शल्यक्रिया, आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत उपचार प्रक्रिया छन् । यी बाहेक हाल नेपालमा मलद्वारजन्य रोगको उपचारमा एचसिपीटी (HCPT) पनि प्रचलनमा आएको छ । यो उपचार पद्धतिलाई नेपालमा भित्र्याउने डा. ख्वाङ्ग एई विनसँग  ‘हाम्रो डाक्टर’को जम्काभेट भएको छ । १८ वर्ष चीनमा यस रोग सम्बन्धी उपचार गरी ख्याती कमाएका विन चीनको प्रशिद्ध अस्पताल Yibo अस्पतालमा कार्यरत छन् । उनी केही दिनका लागि काठामाडौंको चुच्चेपाटीमा अवस्थीत चाइना ग्रेटवाल स्वास्थ्य केन्द्रमा आएका छन् । यसै सन्र्दभमा उनले नै सर्वप्रथम नेपालमा भित्राएको बताइएको पायल्सको उपचार गर्ने एचसीपीटी प्रविधिको बारेमा उनीसँग सहकर्मी बासुदेव न्यौपानेले कुराकानी गरेका छन् । 


मलद्धार तथा मलासय सम्बन्धी रोग किन देखा पर्छ ?
यस्तो समस्या हुने प्रमुख कारण मानिसको जीवनशैलीमा आएको परिवर्तन, खानपान र पाचन प्रक्रियामा हुने समस्या हुन् । खानामा विशेषगरी चिल्लो, पिरो, मसालेदार खाना बढी खाने गरिन्छ । यी बाहेक फास्ट फुड, जंकफुड, माछा, मासुको बढी सेवन गरिन्छ ।  यस्ता खानाले कब्जीयत गराउँछ । जसका कारण पायल्स, फिस्टुला, फिसर जस्ता रोग देखा पर्छ । साथै रेसादार खाना, हरीयो सागसब्जी कम खाने गर्छाैं । यस्तो खाना कम गर्दा पनि मलद्धारा तथा मलासय सम्बन्धी रोग देखिन्छ ।

नेपालमा यो रोगको अवस्था कस्तो पाउनु भयो ?
पायल्स भनेको नेपालमा मात्र होइन विश्वभर नै एकै किसिमले देखिएको छ ।  चीनमा पनि यसको मात्रा धेरै रहेको छ । १० जनामा ९ जनालाई पायल्स हुने गरेको छ । साथै महिलाहरु गर्भवती भएको समयमा मलद्वारमा धेरै चाप पर्ने हुँदा पायल्स र फिस्टुला हुने गर्छ । यो रोग नेपालमा मात्र नभएर संसार भरी नै यस्तै छ । 

पायल्स लगायत रोगको उपचारमा प्रयोग हुने एचसिपीटी प्रविधि भनेको के हो ?
यो एउटा हाई टेक्नोलोजी हो । यस मार्फत जुन स्थानमा पायल्स भएको हुन्छ, त्यस स्थानमा सिधा मेसिनबाट पोलेर उपचार गरिन्छ । सुरुमा छुट्टै मेसिनबाट पायल्स भए नभएको यकिन गरिन्छ । त्यसपछि मात्र एचसिपीटी प्रविधिबाट बिरामीको उपचार गरिन्छ ।  

नेपालमा यो प्रविधि कसरी भित्र्याउनु भयो ?
एक वर्ष पहिला पनि म नेपाल आएको थिएँ । त्यस समयमा एक जना नेपालीले यो प्रविधि नेपाल ल्याउन आग्रह गरे । त्यस समयमा नेपालमा यो प्रविधि तथा यसका लागि दक्ष चिकित्सक पनि थिएनन् । यो प्रविधि नेपाल ल्याउँदा यहाँका जनताका लागि उपचारमा सहज हुनुको साथै छिटो र सरल रुपमा निको हुने हुँदा उनको आग्रहमा यो प्रविधि नेपाल भित्राएँ । यसको उपचारका लागि नेपालमा चिकित्सक छन् तर यो प्रविधिमा काम गर्ने चिकित्सक भने थिएनन् । विस्तारै यो प्रविधि चलाउन यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि सिक्दैछन् । 

बिना अप्रेशन कसरी उपचार हुन्छ ?
विना अप्रेशन गरिने उपचार प्रक्रिया भन्ने बुझिएको छ तर, यो पनि एक किसिमको अप्रेशन जस्तै हो । यसमा एडभान्स मेसिनबाट गरिन्छ । नेपालमा गरिने उपचार र यसमा गरिने उपचार फरक छ । नेपालमा अप्रेशन पछि टाँका लगाउने गरि गरिन्छ । यस प्रविधिद्धारा उपचार गर्दा टाका लगाउनु पर्दैन । यसको उपचारको क्रममा घाउलाई खोलेर राखिन्छ, पछि यो आफै निको भएर जान्छ । यसमा दुखाई कम हुन्छ । अप्रेशन गरेपछि ५ दिनसम्म औषधिको सेवन गर्नुपर्ने हुन्छ । सामान्य पायल्स छ भने १५ दिन, यदि ठुलो छ भने बिरामीको आफ्नो खानपानलाई ध्यान दिने हो भने एक महिनामा पूर्ण रुपमा निको हुन्छ ।

यो प्रविधिद्धारा उपचार गर्दा पूर्णरुपमा निको हुने दर कस्तो छ ?
यो प्रविधिद्धारा उपचार गर्दा जुन स्थानमा उपचार गरेको हो त्यस स्थानमा शतप्रतिशत निको हुन्छ । त्यस स्थानमा फेरी बल्झिने हुदैन । तर बिरामीले आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन नगरेमा अर्को स्थानमा भने देखिन सक्छ । तर, उपचार भइसकेको स्थानमा आउँदैन । त्यसैले बिरामीले आफ्नो खानपानलाई विशेष ध्यान दिन जरुरी छ । 

विश्वमा कति राष्ट्रले यो प्रविधिद्धारा उपचार गरिरहेका छन् ?
यो प्रविधि धेरै देशमा छ । मेरो पहलमा नेपालसहित इण्डोनेसिया, भियतनाम, बंगलादेश, म्यानमारमा पनि यो प्रविधि प्रयोगमा छ । 

यसको उपचार विधि कत्तिको महङ्गो छ ?
चीनमा यो प्रविधिद्धारा उपचार खर्च धेरैनै महङ्गो रहेको छ । तर, नेपालमा भने नेपालीको आर्थिक स्थिती अनुसार शुल्क राखिएको छ । रोग ठूलो भएमा धेरै लाग्न सक्छ । मैले नेपालमा पैसा कमाउन मात्र यो प्रविधि भित्राएको होइन । पायल्स सम्बन्धी रोगको सरल र सहज रुपमा उपचार दिनु मुख्य उद्देश्य हो । साथै मेरो नेपालमा समाजसेवा गर्ने इच्छा पनि रहेको छ । 

हालसम्म कति जनाको उपचार गर्नु भयो ?
१८ वर्षको चिकित्सकीय सेवामा विभिन्न देशमा गरेर तीस हजार भन्दा बढीको उपचार गरिसकेको छु । नेपालमा यो प्रविधि भित्राएपनि उपचार भने गरेको छैन । किन भने मैले नेपाल सरकारबाट नेपालमा बिरामी जाँच्नको लागि लाइसेन्स लिएको छैन । म अहिले यहाँ रहेका चिकित्सकलाई ट्रेनिङ्ग दिनको लागि आएको हुँ । 

तपार्इं एक व्यवसायिक चिकित्सक । तर, चीनबाट नक्कली डाक्टर आएर नेपालमा बिरामी जाँच गर्छन् भन्ने छ नी, यस्तो अवस्थामा बिरामीको विश्वास कसरी जित्नु भएको छ ?
चीनबाट सबै नक्कली चिकित्सक मात्र आउछन् भन्ने हुदैन । तर, नक्कली आउँदै आउदैनन भन्न पनि खोजेको होइन । यसका लागि यहाँको स्वास्थ्य मन्त्रालयले विदेशी चिकित्सकलाई कडाई गर्नु पर्छ । सरकारले दिने लाइसेन्स कडाइका साथ हेुर्न पर्छ । जसले गर्दा नक्कली चिकित्सक नेपाल आउन सक्दैनन्  । यसो गरेमा विदेशी चिकित्सकले विस्तारै बिरामीको विश्वास जित्न सक्छन् । होइन भने नक्कली चिकित्सक आउने क्रम रहिरहन्छ । 

नेपालमा नया प्रविधि भित्राउनु भयो, अव सरकारबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
यो प्रविधिमा काम गर्ने व्यवासयिक चिकित्सक नेपालमा नहुन सक्छन् । नेपालमा राम्रो चिकित्सक छैनन् भन्न खोजेको होइन । नेपालमा धेरै राम्रा चिकित्सक छन् । तर, एचसिपीटी प्रविधिमा काम गर्ने नहुन पनि सक्छन् । यसका लागि चिनबाट नै चिकित्सक ल्याउनु पर्ने हुन्छ । जसका लागि नेपाल मेडिकल काउन्सीलले दिने लाइसेन्स प्रक्रियामा सहयोग गर्नुपर्छ । यहाँ लाइसेन्स लिन समय लाग्नुका साथै झन्झटीलो प्रक्रिया रहेको छ । केही समयको लागि नेपाल आएका चिकित्सकले लाइसेन्स पाउने बेला सम्म फर्किने बेला भइसक्छ । 

अन्तमा, पायल्सको सही उपचार खोजिरहेका बिरामीलाई के भन्न चाहानुहुन्छ ?
यदि कसैलाई पायल्स छ भने पहिले यस रोगको बारेमा सम्पूर्ण जानकारी लिनुस् । यसको उपचारका लागी सस्तो र छिटोभन्दा पनि भरपर्दो र विश्वस्नीय चिकित्सक र स्वास्थ्य सेवा खोजिनुपर्छ । हल्लाका भरमा भन्दा पनि सबै कुरा जानकारी लिएरमात्र उपचार प्रकृया अगाडी बढाउनुपर्छ  । धन्यवाद   

भाषा अनुवाद : कर्मा शेर्पा

Last modified on 2016-06-15 18:49:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

5 Comments

  1. Yesko upachar garna kati din hospital busnu larcha ra coast kati lagcha ani 100 safal huncha ra yo prabidi bata please give some advise

  2. मलाई १ साल अघि दिशामा हल्का रगत देखा परेको थियो वास्त गरिन अहिले ४/५ दिन जस्तो दिशामा रगत देखा परेको चेकजाँच पनि गरियो केही समस्या छैन भन्छ मलशाय म मासु पलको छ घरेलु उपचार छ भने कसरी गर्ने होला सर ।

  3. Nepalma Minimum upachar kharcha kati dekhi kati samma lagx plz share

  4. yo HCPT prabidhi bata treatment garda kati samay paxi niko hunx ? ani kharcha kati lagx vanusna hai kinki mero wife ko ekchoti operation gareko but niko vayen ra aba ktm nai aaune soch ma xu. plz detail ma bataunus mlai.

  5. Sabai kura thik lagyoo but thulo cha vani mahangoo cha vannu vooo dharai ma kati samma lagcha yo upachar garna ko lagii ani sano ra dharai thulo vanni kasari tha paunii yo rog


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts