लिंगको आकारले सेक्स अवधीको निर्धारण गर्छ ? 

What's This?


Download our app to get more features

एजेन्सी, यौन सम्बन्धका बारेमा अधिकांस मानिसले चासो राख्छन् । तर उनीहरु सेक्सका बारेमा अझै पनि खुलेर कुरा गर्न सक्दैनन् । कतिपय युवा युवतीले आफ्ना यौनाङ्गका बारेमा विभिन्न जिज्ञासा राखेका कुराहरु अखबारमा पढ्न पाइन्छ ।

तिपय चिकित्सकहरुले यौन जीवन सफल बनाउन पाट्नरबीचको सक्रियतामा भर पर्ने बताएका छन् । तर अमेरिकामा हालसालै भएको अध्ययन अनुसार लिंगको आकारले पनि सेक्सको समयावधी निर्धारण गर्ने तथ्य पत्ता लागेको छ ।  

क्युन्सल्याण्ड विश्वविद्यालयका मनोचिकित्सक डा.ब्रेन्डन जाइचको टोलीले गरेको अध्ययन अनुसार बिपरित लिङगीप्रतिको आर्कषणको जोडीले कति समयसम्म सम्भोगमा समय बिताउन सक्छ भन्ने तथ्य पत्ता लगाएको हो । 

उनले लेखेका छन् ‘महिलाकोे योनीमा पुरुषको लिङ्ग प्रवेश गरेर वीर्य स्खलनको समयसम्मलाई यौन सम्र्पकको समय मानिन्छ तर फोरप्लेलाई पनि परिभाषित गर्न सजिलो छैन् ।’ उनले भनेका छन्, ‘त्यसैले हामी योनी र लिङ्गको सम्र्पकहुंदा देखि वीर्य स्खलनको समयसम्मलाई आधार मानेर अध्ययन गरेका छा्रैं ।’

विश्भरबाट छानिएका ५ सय जना जोडीमा गरीएको अध्ययनमा योनी र लिङ्गको सम्र्पक हुँदा देखि वीर्य स्खलनको समयसम्मलाई स्टपवाचको सहायताले समय मापन गरीएको थियो । सहभागीले यस्तो कार्य ४ हप्तासम्म लगातार गरेका थिए । 

आधुनिक जीवनशैलीमा रमाउने युवा पुस्ता आफ्नो पहिलो सेक्स छोटो अवधिमा समाप्त गर्न चाहँदैनन् । अर्थात आफ्नो सेक्सलाई लामो समय टिकाउन चाहन्छन । गायक मिस्सि ईलियटले गीतनै गाएका छन् उनी एक दुई मिनेटको पुरुष चाहांदिन्नन् । कुरमा के हो भने पुरुष र स्वयम महिला पनि पुरुषको शीघ्र स्खलनबारे डराउंछन । 

यस्तो कार्यमा ३३ सेकेण्ड देखि ४४ मिनेटसम्म स्खलित भएका थिए । सरदरमा प्रत्येक जोडीले ५.४ मिनेट आफ्नो लिङ्ग यौनीमा सम्र्पक गराएका थिए । उनीहरु सबैले कण्डमको प्रयोग गरेका थिए । तर योनी र लिङ्गको सम्र्पक हुँदा कण्डमले कुनै प्रभाव नपरेको देखायो । 

आम मानिसहरु कण्डमको प्रयोगले योनी र लिङ्गको सम्पर्क हुँदा सन्तुष्टि नहुने बिस्वास गर्छन् । विशेष गरी १८ देखि २४ वर्षसम्मको उमेरमा कण्डमको प्रयोगले यौन सम्र्पकको समयलाई कुनै प्रभाव नपरेको पुष्टि भयो । 

सरदर यौनसम्र्पकको समय ५ मिनेटको भएको अध्ययनले देखाएपछि यो राम्रो कि नराम्रो भन्ने बिषयमा अमेरीकी र क्यानेडियन सेक्स थेरापिष्टले गरेको अध्ययन अनुसार २ मिनेटको समयलाई एकदम छोटो समय, ३ देखि ७ मिनेटको समयलाई प्रयाप्त, ७ देखि १३ मिनेटको समयलाई मनमोहक र १३ देखि ३० मिनेटसम्मको समयलाई अति लामो भएको निष्कर्ष निकालेको छ । 

डा.ब्रेन्डन जाइचका अनुसार पुरुषको लिङ्गको आकारले सेक्स बेडकोे समयमा लम्ब्याउन विशेष भूमिका खेल्ने बताएका छन् । सेक्स बेडकोे समयमा ठुलो लिङ्गको घषर्ण महिलामा एक प्रकारको प्यास देखिन्छ भने महिलाको उत्तेजनाले पुरुषलाई पनि थप दबाब दिएपछि उनीहरुको मस्तिष्कले वीर्यको उत्पादनको समयलाई केहीबेर अलमलाई दिने गर्दछ । फलस्वरुप वीर्य स्खलनको समय लम्बिन पुग्छ । 


एजेन्सीको सहयोगमा 


 

Last modified on 2016-11-05 10:48:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts