१ हजार २ सय विद्यार्थीको निशुल्क दन्त परीक्षण



Download our app to get more features

काठमाण्डौ, २२ जेठ । राजधानीको बाँसवारी स्थित चाँदबाग स्कूलमा तीन दिने निशुल्क दन्त परीक्षण सम्पन्न भएको छ । 
बसुन्धरा स्थित कान्तिपुर डेन्टल हस्पिटलले आयोजना गरेको शिविरमा एक हजार दुई सय ६८ जना विद्यार्थीको दाँत परीक्षण गरिएको थियो । परीक्षणमा अधिकांश बालबालिकाको दाँतमा किरा लागेको र गिजामा समस्या देखिएको परीक्षणमा संलग्न दन्तचिकित्सकहरुले बताएका छन् । शिविरमा बालबालिकाको दन्त परीक्षणका साथै दाँत स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रमहरु पनि आयोजना गरिएको अस्पतालले जनाएको छ । 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts