यौन स्वास्थ्यलाई पूर्ण बनाउन चाहनुहुन्छ ? यसो गर्नुस् 

What's This?


Download our app to get more features

काठमाण्डौं, १५ जेठ । स्वास्थ्यका लागि यौन सम्पर्क अनिवार्य मानिन्छ ।

यसले हाम्रो शरीरको इम्यून सिस्टमलाई बलियो बनाउनुका साथै मनस्थित पनि ताजा बनाउँछ । तर यौन जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ ? यो सबैका लागि जिज्ञासाको विषय हुनसक्छ । 

कीगल व्यायाम

यौन जीवन राम्रो बनाउन कीगल व्यायाम गर्न जरुरी छ । कीगल व्यायामले यौनि भागमा रक्त सञ्चार बढाउँछ जसले यौन सम्पर्क गर्ने क्षमता बढाउनमा पनि मद्यत पुग्छ । यसरी आफ्नो यौन जीवनलाई झनै राम्रो बनाउन सकिन्छ । 

यौनलाई बोझ सम्झिनु हुँदैन

सेक्सलाई बोझको रुपमा कहिल्यै लिनु हुँदैन । आफ्नो सेक्स पार्टनरसँग कुनै कुरा नलुकाई खुलेर कुरा गर्नुपर्दछ । यसले जीवनमा कुनै किसिमको तनाव पनि ल्याउँदैन । खाना पकाउने बेलामा वा स–साना कामका बेला पनि सेक्सको आनन्द लिन सकिन्छ । 


पौष्टिक खाना आवश्यक

पोषणयुक्त खानाले विर्यको स्तरलाई बढाउनुका साथै मनस्थितलाई पनि राम्रो बनाउँछ । शरीरमा उर्जालाई कम हुन दिँदैन । जसले यौन सम्पर्कका बेला चरम आनन्द पनि प्राप्त हुन्छ । 


धूम्रपान छोड्नै पर्छ

चुरोटमा हुने निकोटिनले रक्तनलीहरुलाई हानी पु¥याउँछ । धूम्रपान गर्नाले हाम्रो शरीरको रक्तसञ्चार प्रक्रियालाई रोक्ने काम गर्दछ । जसले पुरुषको लिंगमा रक्त सञ्चार हुन सक्दैन । त्यसैले राम्रो सेक्स जीवनका लागि धूम्रपान छोड्नै पर्छ । 


सेक्स थेरापी 

यदि तपाईलाई सेक्स सम्बन्धी कुनै अप्ठ्यारो परेमा सेक्स थेरापीस्टको सहयोग लिन सकिन्छ । सेक्स थेरापीले सेक्स गर्न मात्र सिकाउँदैन, यसले विभिन्न किसिमका चिन्ताबाट पनि छुट्कारा दिलाउँछ । 


यौन व्यवस्थापन जरुरी 

आफ्नो सेक्स जीवनलाई ठिक ढँगले व्यवस्थापन गर्न जरुरी छ । यौन चाहना कम हुनुको प्रमुख कारण टेस्टोस्टेरोन हार्मोनको कमि हुनु वा उमेरको असर शरीरमा पर्नु हो । यस्तो अवस्थामा चिन्तामा बस्नु हुँदैन बरु एकआपसमा शारीरिक सम्पर्कका लागि तयार हुनुपर्छ । आनन्द उठाउन सक्नुपर्दछ । 


अनावश्यक औषधिबाट बचौं

सेक्स जीवनलाई बढाउने चक्करमा भ्रामक प्रचारबाट बच्नुपर्छ । अनावश्यक औषधिले स्वास्थ्यका निकै क्षति पु¥याउनसक्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्छ । 


केही फरक गर्नुपर्छ

राम्रो सेक्सी जीवनका लागि हस्तमैथुन, उत्तेजना ल्याउने मसाज, चुम्बन र खुल्ला सवांद हुन जरुरी छ । यसरी आफ्नो सेक्स जीवन सँधै तनदुरुस्त राख्न सकिन्छ । 


एजेन्सीको सहयोगमा

 

Last modified on 2016-05-28 10:42:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts