बोक्सीको आरोपमा कुटिएकी महिलाको उपचारमा समस्या

What's This?


Download our app to get more features

काठमाण्डौ, १३ जेठ । बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटाइ खाएकी दाङ धनैरीकी ६५ बर्षीया दिव्या चौधरीको उपचारमा समस्या आएको छ । 
अनुहारको हड्डी फुटेर गम्भीर घाइते भएकी चौधरीलाई राजधानीको शिक्षण अस्पतालमा ल्याइएपनि थप उपचारका लागी सोमवारदेखी बसुन्धारा स्थित कान्तिपुर डेन्टल एण्ड जनरल अस्पतालमा राखिएको छ । चौधरीको अहिले अनुहारको शल्यक्रिया गरिएको छ । शल्यक्रिया पश्चात उनको अवस्था सामान्यउन्मुख भएपनि पुरै ठीक हुन भने ६ महिना लाग्ने अस्पतालका अनुहार तथा मुख शल्य चिकित्सक डाक्टर विकास देसारले जानकारी दिए । लामो समयको उपचारका लागि चौधरीलाई आर्थिक अभाव भएको उनका छोरा प्रकाश चौधरीले गुनासो गरेका छन् । अस्पतालले चौधरीको उपचारका लागी सहुलियत प्रदान गरेको बताएको छ । 

Last modified on 2016-05-26 15:53:45

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts