बेलुका लुगा फुकालेर सुत्नुको फाईदा 

What's This?


Download our app to get more features

मानिस स्वस्थ रहन हर तरहका उपायहरु अपनाउछन् । खाँदा बस्दा होस् वा सुत्दा समेत आफ्नो स्वास्थ्यका बारेमा जो कोही पनि जागरुक हुनु राम्रो कुरा हो । यती हुँदा हुँदै पनि स्वस्थ रहनका लागी हामी कहीँ न कहीँ साना कुराले चुक्ने गर्दछौँ । साना साना कुरामा जो हामीले सहजै अबलम्बन गर्न सक्छौँ त्यस्ता कुरालाई हामीले ध्यान दिदैनौं ।

हामीले खाने, हिड्ने, बस्ने, सुत्ने हरेक कामबाट हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष रूपमा प्रभाव परिरहेको हुन्छ । स्वास्थ्यलाई प्रभाव पार्ने कामका रूपमा दैनिक ६ घण्टाको सुताई महत्वपूर्ण हुन्छ । अर्थात हाम्रो सुत्ने तरिकाले पनि स्वास्थ्यमा ठुलो प्रभाव पार्छ ।

सुत्ने बेलामा लुगा फुकालेर सुत्ने बानीले पनि मानिसको स्वास्थ्यलाई प्रभाव पार्ने विज्ञहरूको भनाई छ । लुगा फुकालेर सुत्ने गर्नाले विभिन्न फाइदाहरू हुने तथ्य विभिन्न अनुसन्धानबाट पत्ता लागेका छन् ।

यसै क्रममा अष्ट्रेलियाली अध्ययनकर्ताले नांगै सुत्नका फाइदाबारे केही तथ्यहरु सार्वजनिक गरेका छन् । उनीहरूको अध्ययनअनुसार लुगा फुकालेर नांगै सुत्दा धेरै फाइदा पुग्ने गरेको छ ।

स्वस्थ र मुलायम छाला
नाङ्गै सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । यसरी समानान्तर तापक्रमले शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले मानिसको छालालाई मुलायम बनाएर जवान देखीन मद्धत गर्छ ।

यौनजीवनमा समेत सकारात्मक प्रभाव 
लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ ।

दीर्घरोगबाट बच्न सहयोग
यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।

अनिद्राको समस्याबाट छुटकारा 
नाङ्गै सुत्दा अनिद्राको समस्याबाट छुटकारा पाउन सकिन्छ । नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ र्पुयाउँछ । राति बारम्बार बिउँझने समस्याबाट मुक्ति मिल्छ । 

-एजेन्सीको सहयोगमा 

Last modified on 2016-05-21 15:41:57

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. I like it


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts