उच्च रक्तचापले निम्त्याउला हृदयघात (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, ३ जेठ । मुटुले पम्प गरेको रगत शरीरका विभिन्न भागमा पुर्याउन रक्तनलीहरु सक्रिय हुन्छन् । तर कतिपय अवस्थामा मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागहरुमा पुर्याउँदा रक्तनलीमा उत्पन्न हुने एक प्रकारको दबावका कारण उच्च रक्तचाप देखापर्छ । 

जसका कारण मुटुको धडकन पनि बढ्न जान्छ । सामान्यतया स्वस्थ्य मानिसको शरीरमा १३०/८० को रक्तचाप हुनुपर्छ । यसरी हुने सामान्य रक्तचापमा बिभिन्न कारणबाट उतारचढाव उत्पन्न भएर १४०/९० भन्दा बढी रत्तचाप  भएको अवस्था नै उच्च रक्तचाप रहेको चिकित्सहरु बताउँछन् ।

हाईपरटेशन अर्थात उच्च रक्तचाप हुनु सबैमा एउटै कारण नहुने मुटुरोग विशेषज्ञ डा. कमल लम्साल बताउँछन् । डा. लम्सालका अनुसार उच्च रक्तचाप आफैंमा एक फरक रोग हो । उमेर बढ्दै जाँदा यसको खतरा पनि उत्तिकै हुन्छ । उच्च रक्तचाप महिला पुरुष दुवैैलाई हुनसक्ने रोग हो । यो रोग विशेष गरी ६० वर्ष उमेर नाघिसकेपछि बढी देखापर्ने डा. लम्साल बताउँछन् । 

 उच्चरक्तचापका लक्षणहरुः

  • टाउको दुख्ने, रिंगटा लाग्ने ।
  • दृष्टि धमिलो हुने ।
  • मुटुको धड्कन बढी हुने अर्थात अनियमित हुने ।
  • बढी थकान महसुस हुने ।
  • शरीरबाट धेरै पसिना निस्कने ।
  • छाती दुख्ने ।

उच्च रक्तचापका कारणहरुः

  • घरबाहिरका खाना बढी सेवन गर्नु ।
  • शारीरीक श्रम तथा व्यायामहरु कम गर्नु ।
  • जाँड, रक्सी, चुरोट खैनीको अत्याधिक सेवन गर्नु ।
  • हरियो सागसब्जी तथा फलफूलको सेवन कम गर्नु ।
  • वंशाणुगत कारण ।

नेपालमा उच्च रक्तचापको जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरु बताउँछन् । नेपालको कुल जनसंख्या मध्ये २५ देखि ३० प्रतिसतमा उच्च रत्तचापको जोखिम रहेको छ । यस रोगका कारण हृदयघात, बे्रन हाम्बरेज, मष्तिस्कघात, पक्षघात, मिर्गौला फेल हुने जस्ता ठुला रोगहरुको सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । 

सामान्यतया आफैंले आफ्नो स्वास्थ्यमा थोरै ध्यान दिने, शारिरीक व्यायाम नियमित गर्ने, सन्तुलित आहार सेवन गर्ने, समय समयमा रक्तचाप परीक्षण गरीरहने र तनावमुक्त जीवन बिताउन प्रयास गर्ने हो भने उच्च रक्तचापको जोखिमबाट बच्न सकिने चिकित्सकहरुको सुझाब छ । 


 

Last modified on 2017-05-18 06:30:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts