डाक्टर 'अविस्मरणीय'



Download our app to get more features

त्यसो त डाक्टर भन्ने बित्तिकै बिरामीको उपचार गर्ने र चिरफार गर्ने मानिस भनेर बुझिन्छ । डाक्टरहरुको भ्यानभ्याई सबैलाई थाहा पनि छँदैछ । अस्पताल, क्लिनिक, घरपरिवार सबैतिर भ्याउनपर्दा डाक्टरको दिनचर्या खुबै व्यस्त हुन्छ । यो व्यस्तताका बाबजुद पनि डाक्टरका विभिन्न शोख हुन्छ । कोही राजनीति, कोही खेलकुद, कोही कलाकार त कोही लेखक । यस्तै एकजना कविताका शौखिन डाक्टर भेटिएका छन् ।   
आफ्नो व्यस्त जीवनलाई पनि सदुपयोग गर्दै छाला तथा चर्म रोग विशेषज्ञ प्रा. डा. अलिनकुमार झा साहित्य सिर्जनामा पनि कलम चलाउने गर्छन् । उनको यो कर्मका बारेमा धेरै कमलाई मात्र थाहा होला । तर  साहित्य सिर्जनामा भने उनी अनिल 'अविष्मरणीय'को नाममा क्रियाशिल छन् । स्कुल जीवन देखि नै कविता लेख्दै आएका डा. झाका थुप्रै कविताहरु प्रकाशन भएका छन् ।  

तृष्णा

आफू पाए पनि दुःख,
दिन सकुँ सुख अरुलाई ।

शक्ति देउ मलाई कृष्णा,
पूर्ण होस् मेरो यो तृष्णा 

आफू सहनु परे पनि पीडा,
पीडा मुक्त गर्न सकुँ अरुलाई,
गुण देउ मलाई कृष्णा, 
पूर्ण होस् मेरो यो तृष्णा

आफू अँध्यारोले घेरिए पनि,
ल्याउन सकुँ उज्यालोमा अरुलाई, 
क्षमता देउ मलाई कृष्णा, 
पूर्ण होस् मेरो यो तृष्णा

आफू भए पनि अति निर्धन,
समृद्ध बनाउन सकुँ अरुलाई,
धैर्य देउ मलाई कृष्णा,
पूर्ण होस् मेरो यो तृष्णा

आफू भए पनि कुन्ठित अरुबाट, 
अपार श्नेह दिन सकुँ अरुलाई,
सहनशीलता देउ मलाई कृष्णा,
पूर्ण होस् मेरो यो तृष्णा

अपहेलित जति भए पनि अरुबाट,
सम्मन दिन सकुँ,
शान्त बनाउ मलाई कृष्णा,
पूर्ण होस् मेरो यो तृष्णा

अरु पूर्ण नभए पनि केहि,
शरण देउ तिम्रो चरणमा मलाई,
नरहोस् कहिल्यै त्यसपछि कुनै तृष्णा

 

 

 

 

 

– अनिल अविष्मराणीय

Last modified on 2016-05-14 18:17:41

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts