NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

कोलेस्ट्रोल र ट्राइग्लीसेराइडलाई खानाबाटै नियन्त्रण गर्ने उपाय

कोलेस्ट्रोल र ट्राइग्लीसेराइडलाई खानाबाटै नियन्त्रण गर्ने उपाय

Deurali_Janta_Pharmaceutical

च्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको प्रमुख कारण अस्वस्थ आहार भएकोले खानपीनमा सुधार गरे विना औषधि अधिकांस व्यक्तिमा कोलेस्ट्रोलको  नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा घटाउनुको साथै बन्द समेत गर्न मिल्छ । औषधि खानै पर्ने अवस्थाहरु (मुटुरोग, मस्तिष्कघात, बल्केजको रोग, मधुमेह, वंशाणुगत, धुम्रपान, मुटुरोगको खतरा बढी भएको, स्टेन्ट राखेको आदि) बाहेकका व्यक्तिले औषधिको प्रयोग नगरी अरु उपायले नियन्त्रण गर्नुपर्छ । खाना बाट पनि ३ देखि ६ महिना भित्रमा नियन्त्रण नभएमा औषधिको प्रयोग गर्नु उचित हुन्छ । सुरु मै अत्याधिक उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइड देखिएमा थोरै समयको लागि चिकित्सकको परामर्श अनुसार औषधि सेवन गरी, जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ ।
खानाबाट उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रण गर्न सबभन्दा पहिला सैचुरेटेड फ्याट र टान्स फ्याटको प्रयोगलाई न्यून गर्नुपर्छ । बनस्पतिबाट नै प्राप्त हुने रेसादार खाना बढी खानुपर्छ । रिफाइन्ड कार्बोहाइट्रेड (जुन जंकफुडमा पाइन्छ) लाई कम  र प्राकृतिक कम्प्लेक्स कार्वाेहाइट्रेड (जुन वनस्पतीबाट प्राप्त हुन्छ) बढी प्रयोग गर्नुपर्छ । जनावरबाट प्राप्त हुने खाना (मासु, दुध) कम खाने र वनस्पतीबाट प्राप्त हुने खाना धेरै खाने गरेमा कोलेस्ट्रोल नियन्त्रण गर्न सजिलो हुन्छ ।

भात, गँहु, मकै
भातमा कार्बोहाइट्रेड बढी हुने भएको ले यसको जती कम प्रयोग गरिन्छ, उत्ति नै स्वस्थकर हुन्छ । भात बढी खानेहरुमा ट्राइग्लीसेराइड बढी हुने र राम्रो कोलेस्ट्रोल कम हुने गरेको पाइन्छ । गँहु र मकै भन्दा भातमा फाइवर र अन्य पोषण तत्वहरु पनि कम हुन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रणका लागि भात भन्दा गँहु र मकैको प्रयोगमा बढी जोड दिनुपर्छ । भातको धेरै प्रयोगले मधुमेह लगायत भविष्यमा मुटु रोगको पनि खतरा बढाउँछ । ट्राइग्लीसेराइडलाई नियन्त्रण गर्न भात थोरै  खानु लाभदायक हुन्छ ।  दिनमा एक पटक भात र एक पटक रोटी, मकै खानु राम्रो उपाय हुनसक्छ । 

दाल, गेडागुडी 
कोलेस्ट्रोलको नियन्त्रणको लागि दाल तथा गेडागुडी उत्तम खाना मानिन्छ । यसमा फाइवर धेरै हुन्छ, चिल्लो हुँदैन, कार्बोहाइट्रेड पनि कम हुन्छ, त्यसैले निरोगी र रोगी दुबैको लागि यो सर्वोत्तम आहार हो ।  

सागसब्जी, तरकारी र सलाद
सागसब्जी, तरकारी र सलादमा कोलेस्ट्रोल हुँदैन। फाइवर प्रशस्त मात्रामा हुने भएकोले, कोलेस्ट्रोल घटाउन पनि सहयोग गर्छ । यसमा क्यालोरी पनि कम हुने भएकोले मोटोपना हुन नदिन मद्दत पुर्याउछ । यसले रगतमा राम्रो कोलेस्ट्रोल (एच.डी.एल.)को स्तर पनि बढाउँछ । कोलेस्ट्रोल नियन्त्रणको लागि खानाको प्रत्येक छाकमा प्रशस्त सागसब्जी हुनु जरुरी हुन्छ, तर यसलाई धेरै तेलमा लामो समयसम्म नपकाएर सकेसम्म प्राकृतिक रुपमा (बोक्रा नझिकेको) खानु राम्रो हुन्छ । 

फलफूल
फलफूलमा चिल्लोको मात्रा अत्यन्तै न्यून हुने भएकाले कोलेस्ट्रोल बढाउँदैन सँगै राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्दछ । फाइबर प्रशस्त हुने भएकाले अरु खानामा पाइने कोलेस्ट्रोलको आन्द्रामा शोषण पनि घटाउँछ ।  

ड्राइफ्रुट 
कोलेस्ट्रोलका बिरामीले ड्राइफ्रुट खानु हुँदैन, यसले  कोलेस्ट्रोलको मात्रा बढाउछ भन्ने भ्रम धेरैमा भएको पाइन्छ । यसमा फ्याटको मात्रा हुन्छ, तर सेचुरेटडट फ्याट भन्दा अन सेचुरेटेड फ्याट बढी हुन्छ, जसले रगतमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ । ड्राइफुटहरु मध्ये पनि आल्मोण्ड(बदाम), ओखर, पिस्ता राम्रो मानिन्छ । सामान्य व्यक्तिले पनि दिनमा एक मुठी ड्राइफुट खानु कोलेस्ट्रोलको दृष्टिले राम्रो मानिन्छ । अरु ड्राइफ्रुटभन्दा काजुमा अली बढी फ्याट हुन्छ, तर यसको प्रयोग पनि स्वस्थकर नै हुन्छ । 

दूध, दहि, घ्यू
दुधको प्रयोगले ट्राइग्लीसेराइड सँगसँगै कोलेस्ट्रोल पनि बढ्ने सम्भावना हुन्छ । दुधबाट बन्ने अन्य परिकारको प्रयोगले पनि कोलेस्ट्रोल÷ट्राइग्लीसेराइड बढ्न सक्छ । त्यसैले उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि खानामा दुध र दुधजन्य खानाको प्रयोगलाई न्यून गर्न जरुरी हुन्छ । कम चिल्लो दुध थोरै मात्रामा खान सकिन्छ । दुधभन्दा दही र महिमा फ्याट कम हुने भएकोले, चिल्लो कम दही र महिको प्रयोग गर्न मिल्छ । तर कोलेस्ट्रोलको औषधि सेवन गर्नु भन्दा दुध नखानु नै राम्रो उपाय हो  । राती सुत्ने बेलामा दुध खाने बानी हटाउँन जरुरी हुन्छ । घ्युमा सैचुरेटेड फ्याट बढी भएकाले खानु नै हुँदैन । बनस्पती घ्युमा टान्स फ्याट बढी भएकोले खाने सोच्नु पनि हुदैन । 

खाने तेल
खाने तेलमा अन सैचुरेटेड फ्याट बढी हुन्छ जसले कोलेस्ट्रोलमा धेरै नराम्रो असर त गर्दैन, तर यसको प्रयोग पनि बढी गरिएमा ट्राइग्लीसेराइड बढ्ने र मोटोपना हुने संभावना बढी हुनसक्छ । त्यसैले यसको प्रयोग पनि सकेसम्म कम गर्नुपर्छ । 

अण्डा
अण्डाको पहेलो भागले कोलेस्ट्रोल बढाउँछ । त्यसैले उच्च कोलेस्ट्रोल भएकाले पहेलो भाग खानु हुदैन, तर सेतो भाग जती खादा पनि हुन्छ । सामान्य व्यक्तिले पनि हप्तामा २ बटा भन्दा बढी पहेलो भाग खानु हुँदैन भने मधुमेह, मुटुरोगी, आदिले एउटा पनि नखानु राम्रो हुन्छ । 

कुखुराको मासु 

धेरै मानिसमा कुखुराको मासुले कोलेस्ट्रोल बढाउँदैन भन्ने भ्रम भएको देखिन्छ । कुखुराको छाला र भित्री भागमा बोसो अत्याधिक हुन्छ । कुखुराको मासुले पनि कोलेस्ट्रोल÷ट्राइग्लीसेराइड बढाउँछ । कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले छाला नभएको मासुमा कम तेलको प्रयोग गरी थोरै मात्रामा खान मिल्छ । सामान्य व्यक्तिले पनि हप्तामा एक पटक भन्दा बढी कुखुरा खानु हुँदैन । 

रातो मासु
यसमा प्रसस्त सैचुरेटेड फ्याट भएकोले उच्च कोलेस्ट्रोलको बिरामीले रातो मासु भने कहिले पनि खानु हुँदैन । सामान्य व्यक्तिले पनि थोरै मात्रामा महिनामा बढीमा एक पटक भन्दा बढी खानु हुदैन । 

माछा
कोलेस्ट्रोलको दृष्ट्रिकोणले माछा राम्रो खाना मानिन्छ । तर थोरै तेलमा अली अली तालेर मात्र खानु राम्रो मानिन्छ । हप्तामा २ पटक माछा खानुले राम्रो कोलेस्ट्रोलको स्तर बढ्छ । तर, यो पनि पकाउने तरीका र माछाको शुद्धतामा भरपर्छ ।  

जंकफुड
रेडिमेड र फास्टफूडहरु (जुन पसलबाट किनेर ल्याइन्छ), भुटेको वा तारेको खाना, आइसक्रिम, केक, पेस्ट्रिज, मिठाई आदि खानामा सैचुरेटेड फ्याट र ट्रान्स फ्याट बढी पाइन्छ छ र यसमा क्यालोरी पनि अत्याधिक हुन्छ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि यस्तो खाना हानिकारक भएकोेले कोलेस्ट्रोल सामान्य भएका व्यक्तिले पनि सकेसम्म यसको प्रयोग गर्नु हुँदैन । 

मिठाई
यसमा दुध, चिनी र तेलको प्रेयोग गरिएको हुन्छ । यसको प्रयोगले कोलेस्ट्रोल÷ट्राइग्लीसेराइडलको स्तरमा नराम्रो असर पर्छ । त्यसैले यसलाई न्यून मात्रामा मात्र प्रयोग गर्नुपर्छ । मिठाईमा क्यालोरी बढी हुनाले मेटोपनको संभावना पनि बढी हुन्छ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मिठाई नखानु राम्रो हो ।   

रेस्टुरेन्ट तथा पार्टी
रेस्टुरेन्ट तथा पार्टीमा तेल र घ्यूको प्रयोग बढी गरिनुको साथै यसको गुणस्तर पनि  भरपर्दो नहुन सक्छ ।  यस्तो खाना स्वास्थ्यको लागि राम्रो मानिदैन । कोलेस्ट्रोल उच्च भएका व्यक्तिले यस्तो खाना कम गर्नुपर्छ । कोलेस्ट्रोल नियन्त्रण गर्नको लागि घर बाहिरको खाना अत्यन्तै कम खानु पर्छ ।  

गुलियो खाना
जुन खाना वा पेय पदार्थमा  चिनीको मात्रा बढी हुन्छ त्यस्तो खाना खानु हँुदैन । । कोण्डड्रिंक्स÷जुस आदिको प्रयोगले पनि ट्राइग्लीसेराइड बढाउने संभावना हुन्छ । सकेसम्म चिनी मिसाइएको जुनसुकै खाना भएपनि नखानु वा थोरै  खानु राम्रो हो । 

चिया-कफी
यसमा पनि चिनी तथा दुधको प्रयोग गरिएको हुन्छ, जुन कोलेस्ट्रोल उच्च भएका व्यक्तिका लागि उत्तम मानिदैन र यसमा क्यालोरी पनि बढी हुन्छ । त्यसैले दुध भएको चिया दिनमा एक पटक भन्दा बढी खानु हुँदैन । सकेसम्म कागती चिया पिउनु राम्रो हुन्छ । 

मदिरा
जुनसुकै मदिरामा क्यालोरी बढी हुन्छ, जसले मोटोपना गराउँछ । अत्याधिक मदिरा, वियरको प्रयोगले रगतमा ट्राइग्लीसेराइडको स्तर बढाउँछ । उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको नियन्त्रणको लागि मदिराको प्रयोग नगर्नु नै राम्रो मानिन्छ भने अत्याधिक प्रयोग गर्नेहरुले मात्रामा नियन्त्रण गर्नु जरुरी हुन्छ । मुटुलाई थोरै मदिराले राम्रो गर्छ भने तत्थ्य अझ पनि विवाद कै विषय हो । 
मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्क रोग, मृर्गौला रोग, मोटोपन आदिले पिडितले मात्रै हैन, एउटा स्वस्थ नवयुवकले पनि आफूले खाने खानाको गुण र अवगुणमा ध्यान दिनु जरुरी हुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न निरन्तर प्रयासरत हुनुपर्छ ।  नियमित एक घण्टा हिड्नु, चुरोटको सेवन नगर्नु, तौललाई नियन्त्रणमा राख्नु र मदिराको प्रयोग नगर्नु वा कम गर्नु पनि खानपीन सँगसँगै उत्तिकै जरुरी मानिन्छ । घरको खाना, शाकाहारी खाना र बनस्पतिबाट प्राप्त हुने खानाको प्रयोग गरेमा कोलेस्ट्रोलको समस्या हुँदैन र औषधिको मात्रा घटाउँने र बन्दै गर्न मिल्ने पनि हुनसक्छ । 

drommurtianil.com

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (11)

  • प्रेम on Mon, Mar 27 2017 05:17 AM

    धेरै राम्रो जानकारी ।

  • प्रेम on Mon, Mar 27 2017 05:13 AM

    धेरै राम्रो जानकारी दिनुभा रैछ । जान कारी को लागि यहा लाई धन्यबाद ।

  • bishwa shrestha on Mon, Jan 30 2017 08:47 PM

    i have gastric problem since a year, i also have visited many doctor but result is like zero. i am using esizol in the morning regularly but my gastric is still as ever. when my gastric increase i feel dizzy and my ear get like block and after the air came out from mouth i feel relax and dizzy disappear. i need help from respected doctor, please help me.

  • Raju bk on Wed, Oct 05 2016 01:15 AM

    Dherai ramro kura Dr.sahab

  • on Mon, Sep 19 2016 05:25 PM

    Thanks a lot Doctor Yestae gari janata ko sewa Garne bhab jahele pane aae rahos Bhagaban le tapae lae rakccha garnu hune cha

  • Pashupati Regmi on Mon, Sep 19 2016 12:39 PM

    Thank you doctor for your free suggestion . I hope you will continue your suggestion to high cholesterol & high triglyceride patients. Thank you again.

  • Bhumi Ratna Sakya on Sat, Sep 17 2016 07:17 AM

    Good idea. People doesn't know which one is good, which one is bad. It healps other. Send again& again.

  • chuda sharma on Sun, Aug 28 2016 08:38 AM

    Haina,Dr sahib.nakhane bastu ta nakhaunla,Khane ke ta,ti kura hard ko bibaran paunapaye, dherai jana le faida lina sakinthiyo.

  • Bal chandra pokhrel on Sat, Aug 27 2016 02:58 PM

    Kati matra bhanda badi bhsyo bhane high cholestrol ho.

  • Lotus on Tue, Aug 23 2016 09:54 AM

    Focus on protein diet and take very low carbohydrate and fat.

  • shiv k yadav on Tue, Aug 23 2016 06:56 AM

    Thank u very much.


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top