सिटामोल खानुअघि ख्याल गर्नुहोस्



Download our app to get more features

सिटामोलको नाम नसुनेको र सिटामोल नखाएको मानिस त सायदै होलान् । सिटामोल सबैभन्दा सरल र सुलभ औषधी हो । सायदै यो औषधीको नाम नसुनेको र नखाएको मानिस छैनन् । डाक्टरको सल्लाह बिना साधारण पसलहरुबाट किनेर सजिलै सेवन गर्न पाइने सिटामोल नेपालमा मात्र होइन, विकसित देशहरुमा पनि उत्तिकै महत्वपूर्ण छ ।

के हो सिटामोल ?

सिटामोललाई पारासिटामोल पनि भनिन्छ । यो एक प्रकारको दुखाइ कम गर्ने एनल्जेसिक पेनकिलर र ज्वरो कम गर्ने एन्टिफ्रेबिन औषधी हो । यसले मष्तिस्कमा प्रोस्टाग्लान्डिन भन्ने पदार्थको उत्पादनमा कमि ल्याउँछ र हाम्रो दुखाई सहन सक्ने क्षमतालाई बढाउँछ । त्यस्तै मष्तिस्कमै रहेको शरीरको तापक्रम नियन्त्रण गर्ने केन्द्रलाई शरीरको तापक्रम घटाउने काम पनि गर्छ ।

‘गर्भवती महिला, अत्याधिक मदिरा सेवन गर्ने र फोक्सोमा संक्रमण भएकाहरुले सेवन गर्नु हुँदैन ।’ -डा. दिनेशकुमार लम्साल, जनरल फिजिसियन

जनरल फिजिसियन डा. दिनेशकुमार लम्सालका अनुसार सिटामोल सामान्य बिरामीलाई चिकित्सकको सल्लाह बिना नै खुवाउन सकिने बताए ।
‘सिटामोलमा औषधिको मात्रा कम हुने भएकाले धेरै साइडइफेक्ट गर्दैन ।’उनले भने, ‘गर्भवती महिला, अत्याधिक मदिरा सेवन गर्ने र फोक्सोमा संक्रमण भएकाहरुले सेवन गर्नु हुँदैन ।’

अन्य ज्वरो कम गर्ने औषधीको तुलनामा यसको एन्टिइन्फ्लामेटरी एक्सन (इन्फ्लामेसनलाई कम गर्ने क्षमता ) एकदमै कम हुन्छ । इन्फ्लामेसनले भएको दुखाई वा ज्वरो आएमा यसको प्रभावकारीता ज्वरो कम गर्ने अन्य औषधीकोे भन्दा कम हुन्छ ।

कुन अवस्थामा सिटामोलको प्रयोग गर्ने ?

विशेष गरी टाउकोको दुखाई र शरीरको ज्वरो कम गर्न सेवन गर्ने गरिन्छ । सिटामोलले रोगलाई भन्दा निम्न लक्षणलाई मात्र ठिक गर्ने चिकित्सकहरु बताउँछन् ।

  • हाडजोर्नी सम्बन्धि दुखाई कम गर्न ।
  • विभिन्न प्रकारका टाउको दुखाई आदिमा यो सेवन गर्न सकिन्छ ।
  • साधारण भाइरल ज्वरोको साथसाथै अन्य संक्रमणले गर्दा आउने ज्वरोहरुमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
  • ओस्टियोआर्थाइटिसमा हुने हाड जोर्नीहरुको दुखाइका लागि यो आइबुप्रोफेन जस्ता अन्य औषधीहरु जत्तिकै प्रभावकारी हुन्छ ।

सिटामोलको बढी प्रयोग

  • तनावले सामान्य टाउको दुखेमा र अन्य कारणको टाउको दुखाइहरुमा ।
  • भाइरल ज्वरो आएको अवस्थामा ।
  • ओस्टियोआर्थाइटिस जस्ता हाडजोर्नी सम्बन्धि दुखाइहरुमा ।
  • ब्रुफेन जस्ता अन्य ज्वरो कम गर्ने औषधीहरु खान नमिल्ने अवस्थाहरु जस्तै ग्यास्ट्रिक, पेटको अल्सर भएको अवस्थामा सिटामोल सुरक्षित रुपमा प्रयोग गर्न सकिन्छ किनकी यसले ग्यास्ट्रिक बढाउने गर्दैन ।
  • बालबालिकाहरुलाई भाइरल ज्वरो भएको बेला एस्पिरीन दिनाले मष्तिस्क र कलेजोमा घातक असर पर्छ । यस्तो अवस्थामा रेज सिन्ड्रोमर हुनसक्ने सम्भावना हुन्छ, त्यस्तो अवस्थामा सिटामोल सुरक्षित हुने चिकित्सकहरु बताउँछन् ।


कति मात्रामा खानुपर्छ ?

सिटामोल प्रायः गरेर ५ सय मिलिग्रामका ट्याबलेटको रुपमा बजारमा पाइन्छ । साथै बच्चाहरुको लागि १ सय २५ मिलिग्राम प्रति ५ मिलग्रिाम वा २५० मिलिग्राम प्रति ५ मिलिग्रामको झोलमा पनि पाइन्छ । त्यस्तै इन्जेक्सनको लागि १५० मिलिग्राम प्रति १ मिलिग्राममा बजारमा उपलब्ध हुन्छ । बजारमा विभिन्न कम्पनीले फरक फरक नाममा सिटामोल उत्पादन गर्छन् ।

त्यस्तै यो अन्य औषधीहरुसँगको विभिन्न कम्बिनेसनहरुमा पनि पाइने गर्छ । जस्तै सिटामोल र आइब्यूप्रोफेन, सिटामोल र कोडिन, सिटामोल र एन्टिहिस्टामिनिक रुघाको लागि आदि ।

यो एकपल्टमा ५ सय देखि १ हजार मिलिग्रामसम्म प्रत्येक ४ देखि ६ घण्टाको अन्तरालमा दैनिक मात्रा ४ ग्रामभन्दा बढी नहुने गरी सेवन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । बालबालिकाहरुको लागि १५ मिलिग्राम प्रति केजीका हिसावले ४ देखि ६ घण्टामा दिन सकिन्छ ।

असर
सिटामोलको साइड इफेक्ट धेरै नै कम हुन्छ । ब्रुफिन जस्ता अन्य औषधीको जस्तो ग्यास्ट्राइटिसका समस्याहरु, प्लेटेलेटको काममा असर गरी पेट, आन्द्राहरुमा रगत बग्ने समस्या सिटामोलको सेवनपछि देखिदैंन ।

गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरुले पनि सुरक्षित रुपमा यसको सेवन गर्न सक्छन् । यसको मुख्य साइड इफेक्ट भनेको अत्यधिक मात्राको सेवनले कलेजोमा असर गर्न सक्छ ।

सिटामोलको मेटाबोलिजमर (सरल रसायनमा टुक्राउने प्रक्रिया) कलेजोमा हुन्छ । सिटामोलमा अत्यधिक मात्राको सेवनले कलेजोमा मेटाबोलिजमले राम्रो र पूर्ण रुपमा गर्न सक्दैन । त्यसका हानिकारक मेटाबोलाइटहरुले कलेजोमा असर गरी एक्युट लिभर फेलर गराउन सक्छ । एकैपटकमा ७ देखि १० ग्राम सिटामोल (१४ देखि २० वटा ५ सय मिलिग्रामका ट्यावलेट) को सेवनले कलेजोमा यस्तो नराम्रो असर पर्ने चिकित्सकहरु बताउँछन् ।

बच्चाहरुमा १४० मिलिग्राम प्रति.केजी तौल भन्दा बढी सिटामोलको सेवनसँगै कलेजोले काम गर्न छोड्छ । तर कलेजोको रोगी वा रक्सी सेवन गर्नेहरुमा अझ कम मात्राको सेवनले पनि कलेजोमा खराब असर देखिने चिकित्सकहरु बताउँछन् ।

अमेरिका, बेलायत जस्ता विकसित देशहरुमा आत्म हत्याको लागि सिटामोलको अत्यधिक मात्रामा सेवन गर्ने विज्ञहरु बताउँछन् ।

अन्य औषधीहरुसँग पनि यसले खासै प्रतिक्रिया गर्दैन, तर कलेजोमा मेटाबोलाइज हुने हुनाले कलेजोमा असर गर्ने औषधीहरु जस्तै आइसोनाइजिडर, रिफाम्पिनर, कारबामेजेपिनर आदिले सिटामोलको प्रभावकारीतालाई केहि कम गर्ने चिकित्सकहरु बताउँछन् ।

 

Last modified on 2016-05-01 21:53:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts