पाठेघर खस्ने रोगले क्यान्सर समेत निम्त्याउन सक्छ  (भिडियो सहित )



Download our app to get more features

काठमाण्डौ,११ वैशाख । नेपाली परिप्रेक्ष्यमा पाठेघर अर्थात आङ् खस्ने समस्याबाट धरै महिला पीडित छन् । नेपाली महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या मध्ये पाठेघर खस्ने समस्या पनि प्रमुख हो ।
पाठेघर खस्ने समस्या विशेषगरी ग्रामीण क्षेत्रका महिलामा धेरै हुने गरको छ । कम उमेर मै विवाह गर्नु तथा बच्चा जन्माउनु, धेरै सन्तान जन्माउनु, सुत्केरी अवस्थामा भारी बोक्नु,जन्मान्तर कम राख्नु जस्ता कारणले महिलामा पाठेघर खस्ने समस्या रहेको विज्ञको भनाइ छ । 
पाठेघर रहेको स्थानबाट ठाँउ छोडेर योनीबाट बाहिर आउनु अर्थात शरीरभित्र आफ्नो ठाँउ छोडेर तल झर्नुनै पाठेघर खस्नु हो । यस्तो समस्या सामान्यतया बच्चा जन्माएकी जुनसुकै महिलालाइ हुनसक्छ । स्त्रीरोग विशेषज्ञ डा. पुण्या पौडेल (राजभण्डारी) का अनुसार पाठेघर खस्ने समस्या मुख्यतया पहिलो बच्चा पाएका महिला तथा धेरै बच्चा पाएका महिलालाइ हुनसक्छ । पाठेघर खस्ने समस्या कतिपय महिलाहरुले सामान्यरुपमा लिने गरेको पाइन्छ । त्यस्तै कतिपय महिलाले लाजको कारण लुकाउँदा समयमै पहिचान समसस्या भएको डा.पौडेलको भनाइ छ ।
पाठेघर खस्ने समस्याको सुरुमै पहिचान गरी उपचार गर्न सके सजिलै निको हुनसक्छ । यदि रोगको पहिचान समयमै नहुने हो भने क्यान्सर समेत हुनसक्ने चिकित्सक बताउँछन् ।

पाठेघर खस्नुका कारण


गर्भवति वा सुत्केरी अवस्थामा पर्याप्त आराम नर्गनु 
सुत्केरी अस्थामा गह्रौं भारी बोक्नु तथा टुकु्रक्क बसेर काम गर्नु
गर्भवति अवस्थामा उचित स्याहारसुसार पौष्टिक आहारको कमि हुनु
कम उमेरमा विबाह गर्नु
जन्मान्तर कम राख्नु
धुम्रपान मद्यपानको सेवनबाट खोकि लागिरहनु
 

पाठेघर खस्दा देखापर्ने लक्षणहरु 
छिटो छिटो पिसाब लाग्नु
खोक्दा,टुक्रुक्क बस्दा,पिसाब रोक्न नसक्नु
कम्मर दुख्ने,योनीको मुखमा केहि डल्लो आएर बसे जस्तो अनुभव हुनु
पाठेघर बाहिर निस्केको अवस्थामा संक्रमण हुन सक्ने
हिड्न असजिलो हुने
 

पाठेघर खस्न बाट बच्ने उपायहरु


कम्तिमा २० वर्षको उमेर पुगेपछि मात्र विबाह गर्ने
गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने
सुत्केरी भएको कम्तिमा ६ हप्ता सम्म आराम गर्ने
जन्मान्तर पहिलो बच्चा जन्मेको ४ देखि ५ बर्ष सम्म राख्ने

भिडियो पनि हेर्नुहोस् ।

 

 

 
 

Last modified on 2016-04-23 19:43:26

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts