हिमालबाट डाक्टरको डायरी



Download our app to get more features

हाम्रो समूह विगत दुई हप्ता देखि ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथाको आधार शिविरमा स्वास्थ्य शिविर राखेर बसेका छौं । ढुंगा र बरफको बीचमा टेन्ट गाडेर हामीले देशी र विदेशी पर्वतारोहीको उपचार गरिरहेका छौं । यसबाट अलग्गै सन्तुष्टि र खुशी मिल्दो रहेछ । विगतका वर्षमा झैं यो वर्षपनि थुप्रै अनुभव बटुल्ने अवसर पाएका छौं । हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अब विस्तारै यहाँको उचाई, सामाजिक रहनसहन, खानपान र जनजीवनसँग घुलमिल भैसकेका छौं । सराहानीय विषय त के छ भने यहाँका स्थानीय र पर्वतारोहीसँग आएका नेपालीले पर्वतारोहणका लागी गरेको दुःख साँच्चै उल्लेखनीय छ । स्वास्थ्य शिविर गरेदेखि अहिलेसम्म हामीले ५५ नेपाली नागरिक र १५ विदेशी पर्वतारोही गरी ७० जनाको उपचार गरेका छौं ।


त्यसमध्ये पाँचजनालाई हाई अल्टिच्यूड सिकनेस(लेक लाग्ने) समस्या देखियो । यसका कारण धेरैजसोलाई श्वासप्रश्वासमा संक्रमण र उच्च सतहमा लाग्ने खुम्बु खोकी (हाई अल्टिच्यूड कफ) भएको पाइयो । यो भन्दा माथि अन्य कुनै स्वास्थ्य सेवा पाइँदैन । अस्वस्थ भएका, दुर्घटनामा परेकाहरुलाई उपचारका लागि यहीं ल्याउनुपर्छ । 


हामीले आधार शिविरमा ठूलो संख्यामा देशी एवं विदेशी पर्वतारोहीलाई भेटेका छौं । यहाँ फरफरफराइरहेको विभिन्न देशका झण्डा देख्दा अन्तराष्ट्रिय भेटघाट थलो जस्तो पनि लागेको छ । 
सन् २००३ मा डाक्टर लुएन फ्रियरले स्थापना गरको एभरेष्ट इआर र नेपालको हिमालयन उद्धार संघको सहकार्यमा प्रत्येक वर्ष अप्रिल र मे महिनामा शिविर हुने गरेको छ । यस क्षेत्रमा कयौं पर्वतारोहीलाई लेक लाग्ने समस्या देखिएपछि यहाँ शिविर सञ्चालन आरम्भ गरिएको हो । गैरनाफामूलक यस संस्थाले उपचार थालेपनि यहाँका शेर्पा र पर्वतारोहीले भाग्दै आएको धेरैजसो समस्या न्यूनीकरण भएको छ । यस वर्षको शिविरमा तीनजना चिकित्सक सहित एकजना हवाई उद्दार विशेषज्ञ सक्रिय छन् । यसका लागि म सँगै अमेरिकी डाक्टर टाटिओना ह्याव्रिलुइक र बुर्लीबाट डाक्टर ताश पिरी र हवाई उद्दार विशेषज्ञ लाक्पा नोर्बु शेर्पा रहेका छन् । 

Dr Yogesh subedi MBBS, TUTH,IOM DiMM

Last modified on 2016-04-22 15:20:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts