'सेलिब्रेटी डाक्टर' ! (भिडियो सहित)

१२ वर्ष देखि चिकित्सा पेशामा सक्रिय डा. झा करिव २० वर्ष देखि गायन क्षेत्रमा लागेर २ ओटा एकल एल्वमसहित करिव २० वटा गितमा स्वर दिई सकेका छन् ।



Download our app to get more features

काठमाण्डौ। दिनभरी बिरामीको रोदन सुनेर लखतरान डाक्टर घर पुगेर के गर्ला ? आराम गर्छ, घरपरिवारसँँग रमाइलो गर्छ , अध्ययन गर्छ, भोलिको बारेमा सोच्छ या अरु केही गर्छ ।

तर यी डाक्टरको कीभने अलि फरक छ । यीनले आफुलाई चिकित्सकको अलावा अन्य क्षमतामा पनि अब्बल ठहराएका छन् । राजविराज जन्मथलो भएका चिकित्सक डा. रणजीत कुमार झाले बंगलादेशबाट एमबीबीएस सकी शिक्षण अस्पताल महाराजगञ्जबाट एमडी र नयाँ दिल्लीको अपालो अस्पतालबाट एकएक वर्ष मधुमेह र मुटुरोगमा पनि  फेलोसिप गरेका छन् । झाले  चिकित्सा पेशामा जस्तै इमान्दारिता संगीतमा पनि देखाएका छन् । यिनको कुशलता जति चिकित्सा पेशामा छ त्यतिनै गायनमा पनि छ । १२ वर्ष देखि चिकित्सा पेशामा सक्रिय डा. झा करिव २० वर्ष देखि गायन क्षेत्रमा लागेर २ ओटा एकल एल्वमसहित करिव २० वटा गितमा स्वर दिई सकेका छन् ।

चिकित्साकर्मबाट जोगिएको समय यिनले संगीत साधनामा खर्च गर्छन । परिवारको साथ पाएर गायन क्षेत्रमा लागेका झाले संगितका साथै चिकित्सा पेशालाई पनि उही रफ्तारमा अघि बढाएका छन् । 
'बिरामीको दुःख र पीडा डाक्टरले जति अरुले महशुस गर्न सक्दैन ।' उनी भन्छन् ।

यसैले पनि होला संगीतमा पनि उनको यस्तै भावहरु झल्किन्छन् । स्वास्थ्य क्षेत्र र संगितलाई नियाल्दा आफुलाई गायकका रुपमा धेरै मानिसले चिनेको उनको अनुभव छ ।  'विरामी भन्दा पनि विरामीको कुरुवाले तपाई गायकपनि हो भन्दा गर्व लाग्छ ।' उनी भन्छन् । 

गायन क्षेत्र र चिकित्सा पेशा दुवैलाई गुमाउन नचाहने डा. झा भन्छन् ‘चिकित्सा पेशालाई छोड्न सक्दिन यो असम्भव नै हो तर संगितलाई पनि छोडेर बाच्न सक्दिन, दुवै क्षेत्रलाई संगै लिएर जान्छु ।‘

'स्वस्थ जीवन जीउनका लागि मर्निङ वाक गर्छु तर कार्य व्यस्तताका कारण पर्याप्त समय नियमितता  दिन सकेको छैन । कहिलेकाहि रियाज पनि गर्नु पर्ने हुन्छ । शरीर स्वस्थ राख्नको लागि गर्नु पर्ने काम नियमित दिन सकेको छैन अर्थात शरीरलाई आवश्यक माया गर्न सकेको छैन ।' उनको चिन्ता छ ।

एकैसाथ दुई परिचय ! भिडियो पनि हेर्नुहोस् ।

 

Last modified on 2016-12-17 10:39:55

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts