सुन्दै कहाली लाग्ने मश्तिष्कघातका बारेमा थाहा पाइराख्नुस् ! (भिडियोसहित)

What's This?


Download our app to get more features

काठमाण्डौ, १६ चैत्र । हरेक मानिस आफूलाई स्वस्थ्य राख्न चाहन्छ । तर स्वस्थ्यकर आचरण नअपनाउँदा विभिन्न रोगको सिकार हुनुपरेको छ । पछिल्लो समय सुविधाभोगी व्यवहारका कारण कतिपय मानिसहरु मस्तिष्कघातको समस्याबाट ग्रसित हुने गरेका छन् । व्यस्त जीवनशैली, खानपानमा सचेत नहुने र पर्याप्त मात्रामा शारिरीक व्यायाम नगर्ने तथा धुम्रपानको कुलतमा लागेका युवाहरुमा पनि मस्तिष्कघातको समस्या देखिन्छ । 

उच्च रक्तचाप भएका मानिसलाई मस्तिष्कघातको संभावना बढी हुने चिकित्सकहरु बताउँछन् । अधिकांस व्यक्तिहरुमा अस्वस्थकर जीवनशैलीका कारण नै आउने समस्या नै निम्तिने समस्या हो । यो समस्या आएका व्यक्ति काम गर्दा गर्दै ढल्छन् । धुम्धुरपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो, नुनिलो र तारेको खाने कुराको प्रयोग, व्यायाम नगर्नेहरुमा यो रोग लाग्ने सम्भावना अत्यधिक हुने नशा रोग विशेषज्ञ डा. प्रकाश विष्ट बताउँछन् । उनका अनुसार रगतको नशामा चिल्लो पदार्थ तथा बोसो जमेपछि मस्तिष्कसम्म पुग्ने रक्तप्रवाहमा अवरोध हुन्छ र मस्तिष्कघात हुने संभावना बढी हुन्छ ।  डा. विष्टका अनुसार मस्तिष्कघातको जोखिम ५० वर्ष माथिका मानिसहरुमा हुन्छ । 

 

पछिल्लो समय आधुनिक चिकित्सा विज्ञानका कारण लानमो समयसम्म दीर्घ जीवन बाँच्ने प्रचलनका कारण पनि मस्तिष्कघातको समस्या बढ्दै गएको छ । विभिन्न प्रकारका औषधिको सेवन र शारीरिक व्यायाम नगर्ने युवाहरुमा पनि मस्तिष्कघातको समस्या देखा पर्न थालेको छ । 

रक्तचापसम्बन्धी समस्या भएका, अस्वस्थकर जीवनशैली जिउने, अत्यधिक मात्रामा धुम्रपान गर्ने, नशाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खानेहरु, परिवारमा मस्तिष्कघातको इतिहास भएका व्यक्तिहरु पनि जोखिममा हुन्छन् ।
सामान्य खानपान र स्वस्थ्यकर जीवनशैली जीउने बानी गर्ने हो भने भने मस्तिष्कघातबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

Last modified on 2016-03-29 18:11:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts