क्षयरोग लागेको नेपाली कामदार दक्षिण कोरिया जान नपाउने

What's This?


Download our app to get more features

फाल्गुन १६, काठमाडौ । रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत दक्षिण कोरियाले कामदार लिनुभन्दा अघि क्षयरोग लागे-नलागेको अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।
कोरियाको मानव संशाधन विकास(एचआरडी)ले ईपीएस प्रणालीको नियम केही संशोधन गर्दै नेपाली कामदार पठाउनुअघि टीबी रोगको परीक्षण गर्न ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ ।
मार्च २ देखि अनिवार्य रुपमा टीबीको जाँच गरेर कामदार पठाउनुपर्ने भएको छ । शाखाले टीबी जाच गर्नको लागि ४ वटा अस्पताल तोकेको छ ।
सरकारले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर,शुक्रराज ट्रपिकल अस्पताल टेकु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,र कोरिया नेपाल मैत्री अस्पताल ठिमीबाट टीबी परीक्षण गर्नुपर्ने भएको छ ।
यी बाहेकका मेडिकलबाट परिक्षण गरेका दिबी रोगको प्रमाणपत्रलाई इपिएसले मान्यता नदिने भएको छ । 
 -कारोबार दैनिक

Last modified on 2016-02-28 17:27:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts