NEWS: -बाजुराको व्यथाः परिवार नियोजनको करोडौं लगानी बालुवामा, आमाहरु दर्जन बच्चा जन्माउँदै। -पाल्पा जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्यो, एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या बढेर ३ सय ५ पुगेको सक्रिय सेवा समाजद्धारा जानकारी । -औषधि व्यवसायी सङ्घको आह्वानमा जनकपुरका औषधि पसल आज तेस्रो दिन पनि बन्द, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग पुरा नभएसम्म बन्द जारी रहने औषधि व्यवसायी सङ्घ जनकपुर शाखाद्धारा जानकारी । -सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारको औषधि जिल्ला अस्पताल मुगुमा अझै पुग्न सकेन, जिल्ला अस्पताल मुगुबाट ग्रामीण भेगमा पठाएको औषधि जिल्लाका ५८ प्राथामिक स्वास्थ्य केन्द तथा स्वास्थ्य चौकीमा नपुग्दै विचैमा हराउने गरेको अस्पतालद्धारा स्वीकार । -स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) तत्काल छानबिन गर्न निर्देशन, बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा मंत्री थापाले निर्देशन दिएका हुन् । <<>><<>>

Banu's Total Fitness Center

Banu's Total Fitness Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top